Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा गैर-आवासीय नेपाली संघ, युएई अन्तर्गत महिला समिति गठन गरिने

Published on 6:20:00 AM //


लालबहादुर ढेंगा,
एक्काइसौ शताव्दीमा दुनियाको हरेक कुरामा परिवर्तन हुंदै आएको छ । आजको युगमा महिला र पुरुषमा धेरैको फरक रहेन, हरेक क्षेत्रमा पुरुषहरुको तुलनामा महिलाहरु पनि अगाडि बढेर कांधमा कांध मिलाउंदै हरेक कार्य गर्नमा सक्षम भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित रहेका महिलाहरुको हक र हितको लागि गैर आवासीय नेपाली संघ, युएईको अन्तरर्गत महिला समिति गठन गरिने भएको छ ।
उक्त महिला समिति गठन आगामी २३ मार्च २०१२ शुक्रबारका दिन दुबईको याक एण्ड यति नेपाली रेष्टुरेण्टमा गरिने भएको छ । जसमा युएईस्थित विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुको बृहद भेला बोलाई गठन गरिने जानकारी गैर आवासीय नेपाली संघ, युएईकी केन्द्रीय सदस्य तथा महिला समिति कोअर्डीनेटेर अर्चना बस्नेत (रोकाहा) ले दिनु भयो ।
वैदेशिक रोजगारीको सिलसिलामा नेपाली महिलाहरुको भित्रिने क्रम बढ्दै गएको छ भने त्यहि अनुपातमा महिलाहरुको समस्याहरु पनि बृद्धि हुंदै गएको छ । यस्तो अवस्थामा महिलाहरुलाई समेट्दै सचेत गराउने र आपतविपतमा परेकालाई सहयोग गर्ने उद्देश्यले सो महिला समिति गठन गर्न लागिएको हो । विगतको तथ्याङ्कलाई हेर्ने हो भने हालमा आएर पुरुषहरुको तुलनामा महिलाहरुको समस्या बढ्दो देखिन्छ ।
यसै समाचारलाई आधार मानेर भेलामा उपस्थित हुन सम्पूर्ण दिदीबहिनीहरुलाई आग्रह समेत गरेको छ । यस भेला सम्बन्धी कुनै जानकारी लिन चाहेमा अर्चना बस्नेत (रोकाहा) को मोबाइल नं. ०५५ ७३७११५० रहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग