Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाख्रा पाल्ने जुटे दिदिबहिनीहरु

Published on 7:23:00 PM //


पि.एम.मगर
भारतमा उत्पादित खसी बोकाको प्रयोग नेपालमा बढ्दै गएपछि पहिलो पटक कपिलवस्तु जिल्लामा बाख्रापालन स्रोत केन्द्रको थालनी गरिएको छ। नेपाल कृषि प्रधान देश भएर पनि कृषि क्षेत्रको झन्डै ९० प्रतिशत उत्पादन भारतमै निर्भर हुनुपर्ने बाध्यता देखेपछि कपिलवस्तुको महेन्द्रकोटका महिला दिदी वहिनीको सकृयतामा बाख्रापालन स्रोत केन्द्रको थालनी गरिएको हो।
जंगल क्षेत्र नजिक रहेकाले पनि अन्य पेशाबाट भन्दा बाख्रा पालन व्यवसायबाट आम्दानी हुने आशामा केन्द्रको स्थापना गरिएको संस्थाका सचिव मधु परियारको भनाई छ। महेन्द्रकोट गाविसका झन्डै एक सय गरिव, दलित, विपन्न समुदायका महिलाहरुको सकृयतामा बाख्रा संकलन केन्द्रमा पहिलो चरणमा अहिले चार दर्जन खशीबाख्रा छन। केन्द्रलाई गरिवी निवारण कोष र माउन्ट एभरेष्ट सामाजिक विकास संस्थाले आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गराएको बाख्रा स्रोत केन्द्रकी अध्यक्ष मिना केसीले वताउनुभयो। महेन्द्रकोट गाविसमा पहिलो चरणमा कृषि तथा पशु सहकारी संस्थाले शुरुमा चार हजार रुपैयाँ शेयर रकमबाट बाख्रा पालन शुरु गरेको गरिवी निवारण कोषका सञ्जयकुमार झाको भनाई छ । बाख्रापालन केन्द्रको मुख्य उदेश्य भविश्यमा केन्द्रलाई थप व्यवस्थित गरी नेपालमा चाहिने खसी बोकाको मासु स्वदेशमै आत्म निर्भर बनाउनु रहेको सहयोगी संस्था माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाका बाबुराम भुसालको दावी छ। पहिलो चरणमा बाख्रापालन केन्द्रमा २ लाख २४ हजार लगानी समुहले लगाएको बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग