Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँलेले लुटेरै लगेका हुन: प्रजिअ क्षेत्री

Published on 12:09:00 PM //


रेडियो रेसुङ्गा
गुल्मीको अग्लुङ्ग गाविसमा बिधुतिकरणका लागि अग्लुङ्ग पुराईएका ३५ काठका र २ वटा फलामका बिधुतका पोल प्यूठानको रजवारा गाविसका गाउँलेले लुटेर लगेको प्यूठानका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो। पोल लुटेर लैजान रोक्दा दुई प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डम्बरबहादुर बिकले  बताउनुभयो। उहाँका अनुसार घाईते हुनेमा प्रहरी जवान खिमबहादुर केसि र बुद्धिबहादुर शाहा भएको रहेको छन्। घाईते दुबै प्रहरी जवानको स्थानिय क्लिनीकमा उपचार भईरहेको प्रहरीले बताएको छ। लुटेर लगेका पोल खरा माध्यमिक विद्यालय रजवारामा राखिएको छ। उता पोल लुटेर लगेका गाउलेले पोल फिर्ता नगरे सडक अबरुद्ध गर्ने अग्लुङ्ग गाविसका गाउलेले बताएका छन्। घट्ना स्थल सदरमुकाम खलंगादेखि १७ कोष टाढा गुल्मीको सिमानामा पर्दछ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग