Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा सशक्तिकरण कार्यक्रम कागजमा मात्र सिमित

Published on 1:31:00 PM //


रेडियो रेसुङ्गा
युवा सशक्तिकरणका लागि मुलुकमा नीतिहरु धेरै वनेपनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको र युवाहरुका लागि परेको कार्यक्रमहरु पनि कागजमा मात्र सिमित भएको एक कार्यक्रमका वक्ताहरुले वताएका छन्।
युवा संस्था सञ्जाल नेपाल र एकीकृत ग्रामिण विकास समाज गुल्मीको आयोजित जनसंख्या र विकासका लागि अन्तराष्ट्रिय सम्मेलन, युवा नीति कार्यान्वयन अनुगमन गर्न सरोकारवालाहरुको वैठकका वक्ताहरुले यस्तो वताएका हुन्। राजनीतिक दलहरुले युवाहरुलाई ढाल वनाएर आफुहरु सत्तामा जाने तर युवाहरुको योगदान भुल्ने गरेको भन्दै त्यसवाट सचेत हुँदै अव युवाहरु एक ढिक्का भएर लाग्नुपर्नेमा अधिकाँश युवाहरुले जोड दिएका छन्। गाविसदेखि जिल्ला परिषदसम्म युवाहरुको प्रतिनिधित्व नगराईने र प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले पनि युवाहरुलाई भुल्ने गरेको गुनासो उनीहरुको रहेको छ। स्वास्थ्य क्षेत्र, जिल्ला विकास समिति, खेलकुद विकास समिति लगायतका क्षेत्रमा युवा सुचना केन्द्रको वोर्ड मात्रै झुण्डाईएको तर त्यसका लागि कार्यक्रम भने शुन्य रहेको सञ्जालका केन्द्रीय सदस्य तिलोत्तम पौडेलले वताउनुभयो।
त्यस्तै समाजका उपाध्यक्ष हिरा एसीले सरकारी जागिरलाई मात्रै रोजगार ठान्ने प्रवृतिवाट माथि उठेर युवाहरु स्वरोजगार वन्नुपर्नेमा जोड् दिनुभयो। राष्ट्रिय युवा नीति अनुसार राज्यले आफ्ना कृयाकलापहरुलाई अगाडी वढाएको छ वा छैन भन्ने विषयमा अव युवाहरु नै सचेत हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन्। कार्यक्रममा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आई.टी.एफ.तेक्वान्दोमा गुल्मी जिल्लालाई स्वर्ण पदक दिलाउन सफल गुल्मी गौडाकोटकी सिमा खासु र कास्य पदक विजेता ज्ञानु गेलाङ्गलाई प्रमाणपत्र र करुवाद्धारा सम्मान गरिएको थियो। त्यस्तै प्रशिक्षक नवराज खरेल र दिपक के.सी.लाई पनि सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले युवाहरु विदेश जानका लागि राहदानी वनाउन आउने तर विदेश जान के गर्नुपर्छ भन्ने कुरा समेत थाहा नभएको वताउनुभयो। जाँड रक्सी लगायत कुलतमा लागेका र १८ वर्ष भन्दा तल उमेरका युवाहरुलाई धुमपान र मदिरापान विक्रि वितरण कानुनले नै वन्देज लगाएकाले त्यस्तो गरेको उजुरी आए आफुले कारवाही गर्ने वताउनुभयो।
कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, वाईसीएल नेपालका जिल्ला सदस्य जनक पन्त, अनेरास्ववियू गुल्मीका जिल्ला संयोजक ओम कार्की, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष ललिता गौतम, महिला अधिकार रक्षक सञ्जाल गुल्मीकी अध्यक्ष सिता भुसाल, गैर सरकारी संस्था महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारी, नार्डेक नेपाल गुल्मीका अध्यक्ष रेशम कुवँर, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष प्रेम सुनार लगायतको सहभागीता रहेको थियो।
कार्यक्रममा सरोकारवालाहरुले उठाएका विषयमा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले जवाफ दिएका थिए।
सरोकारवालाहरुले उठाएका विषयमा जिल्ला विकास समितिका प्रशासकीय तथा योजना अधिकृत भक्तिराम मरासिनी, जिल्ला स्वास्थ्य प्रमुख डा. हरिवहादुर के.सी., डा. कासिम शाह, जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत मणिरत्न अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु शर्मा लगायतका कार्यालय प्रमुख तथा प्रतिनिधीहरुले जवाफ दिनुभएको थियो। एकीकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष गणेश श्रीपालीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष हिरा ए.सी.को सहजीकरण र कोषाध्यक्ष शंकर नेपालीको सञ्चालन रहेको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग