Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जातीय विभेद उन्मुलन दिवस मनाईयो

Published on 1:32:00 PM //


देशका विभिन्न जिल्लाहरुमा जस्तै गुल्मी जिल्लामा पनि हिजो ४७ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस एक कार्यक्रमका विच मनाईउको छ। दलित वर्ग उत्थान जिल्ला समन्वय समिति गुल्मी र उत्पीडित समुदाय उत्थान केन्द्रको संयुक्त आयोजना तथा अधिकार, लोकतन्त्र तथा समावेशी कोष आर.डि.आई.एफ.को सहयोगमा उक्त दिवस मनाईउको हो। दिवसका अवसरमा ती संस्थाहरुले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मर्च र नेपालको सन्दर्भ एक समिक्षा विषयक अन्तरकृया कार्यक्रम समेत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला न्यायधिष कृष्णराम कोईरालाले व्याक्ति, समुदाय स्वयं पनि सचेत नभएसम्म परिवर्तनका कुरा जति गरेपनि व्यवहारिक रुपमा परिवर्तनमा समस्या आउने वताउनुभयो। उहाँले हाम्रो समाज सांस्कृतिक रुपवाटै जगेडिएकाले त्यस्तो संस्कृति र संस्कार सवैले आ–आफ्नो मानसिकतावाट हटाउँदै परिवर्तनका लागि एक भएर लाग्नुपर्नेमा जोड् दिनुभयो। त्यस्तै विशेष अतिथि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जिल्लामा जातीय छुवाछुत विरुद्ध परेका उजुरीहरुका विषयमा समाधान हुन नसकेको अवस्था नभएको दावी गर्नुभयो।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका मगरात राज्य समिति सदस्य वुद्धि जिसी, नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा, राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने लगायतका वक्ताहरुले जातीय छुवाछुत प्रथा दलितको मात्र समस्या नभई सवैको साझा समस्या भएकाले सवै एकजुट हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, नेपाल वार एशोसियशनका जिल्ला अध्यक्ष प्रेमराज आचार्य, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार, संचारकर्मी, आर.डि.आई.एफ. का कार्यक्रम प्रमुख पुस्तकराज ओझा, क्षेत्रीय कार्यक्रम संयोजक अन्सु गुरुङ्ग लगायतको सहभागीता रहेको थियो।
केन्द्रका अध्यक्ष गणेश विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विषयवस्तुमाथि दलित सशक्तिकरण तथा समावेशीकरणका लागि साझा अभियान कार्यक्रम परियोजनाका व्यवस्थापक सिङ्गलाल सुनारले प्रकाश पार्नुभएको थियो भने कृष्ण विकको स्वागत मन्तव्य तथा छविलाल विकको सञ्चालन रहेको थियो।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग