Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युएईमा सुर्खेत समाज युएईको स्थापना

Published on 7:01:00 AM //



लालबहादुर ढेंगा 
वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरुले आ–आफ्ना ड्यूटीको बावजुद पनि हप्तामा एक दिन पर्ने सार्वजनिक शुक्रबारे बिदाको दिनलाई सद्पयोग गर्दै प्रवासमा कला, खेल, संस्कृति, जातीय र समाजलाई कायम राख्दै आपतविपतमा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उद्धार गर्ने हेतुले समूहगत संस्थाको रुपमा हातेमालो गर्दै आफ्नो दायित्व पूरा गरेको हुन्छ ।
त्यस्तैगरी गत ९ मार्च २०१२ शुक्रबारका दिन शारजाहस्थित बसेको सुर्खेतवासीहरुको एक बृहत् भेलाले “सम्पूर्ण सुर्खेतवासीहरुको नारामा एकता ” भन्ने नाराका साथ हस्तराज दर्लामीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सुर्खेत समाज युएईको स्थापना गरेको छ ।
उक्त नवगठित पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ, क्रमशः अध्यक्षमा हस्तराज दर्लामी, उपाध्यक्षमा खगेन्द्र सापकोटा, कोषाध्यक्षमा गंगाबहादुर छन्त्याल, सह–कोषाध्यक्षमा टोपबहादुर रेश्मी, सचिवमा नवराज रेग्मी र सह–सचिवमा धालबहादुर छन्त्याललाई चयन गरेको छ । त्यस्तैगरी अन्य सदस्यहरुमा हरिलाल छन्त्याल, देवबहादुर सारु, देव दर्लामी, राजेश हमाल, दिलिप रेश्मी, दिलबहादुर रेश्मी, धनबहादुर रेश्मी, कुलबहादुर बिरकत्ता, तिर्थबहादुर रेश्मी, धनबहादुर गाहा र खड्काबहादुर दर्लामी रहेका छन् ।
युएईस्थित रहेका अन्य संघ संस्थाहरुसंग समन्वमय गर्दै परम्परागत चाडपर्वहरु मनाउंदै एकआपसमा भाईचाराको बातावरण सृजना गरी लैजाने कुराको जानकारी नवनियुक्त अध्यक्ष दर्लामीले बताउनुभयो । आगामी दिनहरुमा प्रवासी नेपालीहरुप्रति परिआउने समस्याहरुलाई चुनौती पूर्वक समाधान गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग