Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज दोहा कतार को मासिक बैठक सम्पन्न

Published on 7:00:00 AM //


कुमार अविरल पन्थी
गुल्मी सेवा समाज दोहा कतारको चौथो साधारण सभा पछिको पहिलो मासिक बैठक सम्पन्न भएको छ । बैठक संस्थाका नव निर्वाचित अध्यक्ष श्री लक्ष्मण पौड्याल को अध्यक्षतामा बसेको थियो । साथै संस्थाका अन्य पदाधिकारीहरु लगायत कतार बासी गुल्मेली मीत्रहरुको पनि उपस्थिति रहेको थियो । हरेक महिना बस्दै आएको उक्त बैठकलाई निरन्तरता दिँदै यो महिना पनि गत शुक्रवार (९ मार्च) मा सम्पन्न गरियो । हालै सम्पन्न संस्थाको चौथो साधारण सभाको समिक्षा तथा नव गठित कार्य समितीको नामावली कतार स्थित नेपाली दुतावासमा दर्ता, नयाँ कार्य समिती र अन्य गुल्मेली साथीहरु बिच एक आपसमा परीचय गर्नुका साथै नव गठित कार्य समितीको कार्य विभाजन लगायत विविध कुराहरुमा छलफल गरिएको थियो ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग