Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा एनआरएन अन्तर्गत महिला समिति गठन

Published on 6:25:00 AM //



लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । खाडी मुलुकमध्ये युएईलाई नेपाली रोजगार दाताहरुको लागि राम्रो गन्तव्य मानिन्छ भने पुरुषहरुको तुलनामा महिलाहरुको भित्रिने क्रम बढ्दो छ । महिलाहरुको भित्रिने क्रमसंगै समस्याहरुमा पनि बृद्धि हुंदै गएको हुनाले महिलाहरुको समस्यालाई समाधान गर्नको लागि नेपाल सरकारले पनि युएईकोलागि श्रमसहचारी नियुक्त गरेको छ । यसै सन्दर्भलाई समेट्दै महिलाहरुको हक र हितको लागि गैर आवासीय नेपाली संघ, युएईको अन्तर्गत श्रीमती अर्चना बस्नेत (रोकाहा) को संयोजकत्वमा ५ जना सल्लाहकारहरु रहने गरी १३ सदस्यीय महिला समिति गठन गरेको छ ।



उक्त भेलाकी अध्यक्षता श्रीमती अर्चना बस्नेत (रोकाहा) ले गर्नु भएकी थिइन् भने प्रमुख अतिथिको आसनमा नेपाली राजदूतावासकी श्रमसहचारी श्रीमती हिरा पौडेल रहनु भएकी थिइन् । अन्य अतिथिहरु मा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरु रहेका थिए । सो भेलालाई एनआरएन युएईका सचिव गोपाल कंडेलले संचालन गर्नु भएको थियो ।
गत २३ मार्च २०१२ शुक्रबारका दिन दुबईको याक एण्ड यति नेपाली रेष्टुरेण्टमा भएको बृहत् भेलाले चयन गरेको नवनियुक्त पदाधिकारिनहरुकी नामावली क्रमशः महिला कोर्डिनेटरमा श्रीमती अर्चना बस्नेत (रोकाहा) सह–कोर्डिनेटरको स्थान खाली, सचिवमा श्रीमती वविता शिवा, कोषाध्यक्षमा श्रीमती राधा लुइटेल, रहेकी छिन् भने अन्य सदस्यहरुमा श्रीमती उषा घिमिरे, श्रीमती उषा बस्याल, श्रीमती सरस्वती कोइराला, श्रीमती श्रृजना सापकोटा (पौडेल) श्रीमती मिना भट्टराई, श्रीमती रंजना भुजेल, सुश्री रिना बिष्ट, सुश्री सुजना गिरी, सुश्री विन्दु गिरी रहेकी छिन् । त्यस्तै गरी सल्लाहकारहरुमा श्रीमती शार्दा सापकोटा, श्रीमती लक्ष्मी उपाध्याय, श्रीमती ममता विष्ट, श्रीमती लिजा अधिकारी, श्रीमती राधा ढकाल नियुक्त भएकी छिन् । नयां महिला समितिलाई प्रमुख अतिथिको रुपमा उपस्थित भएकी श्रमसहचारी श्रीमती हिरा पौडेलले आगामी कार्यकालको लागि शुभकामना दिएकी थिइन् भने अन्य अतिथिहरुले पनि आफ्नो मन्तव्यको क्रममा शुभकामना दिएका थिए । जोश र जागरका साथ गठन गरिएको नवनियुक्त

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग