Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तलब नपाएको भन्दै शिक्षकहरुले पढाई ठप्प पारे

Published on 11:21:00 PM //


टोपलाल अर्याल
चार महिनादेखि तलव नपाएको भन्दै गुल्मीको हस्तिचौर ८ को पालुखा माध्यामिक विद्यालयमा शिक्षकहरुले पठनपाठन ठप्प पारेका छन् । विद्यालयको निजि श्रोतका ६ जना शिक्षकहरुले चार महिनादेखि तलव नपाएको भन्दै दवाव स्वरुप पठनपाठन ठप्प पारेको शिक्षक भुपाल चन्द्र केसीले जानकारी दिनुभयो । आफुहरुले विद्यालय प्रशासनमा तलव भुक्तानको लागी पटक पटक आग्रह गरेपनि प्रशासनले नसुनेका कारण पठनपाठन वन्द गर्नुपरेको शिक्षक केसीको तर विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पोख्रेलले भने विद्यालयप्रति रुष्ट समुहले उचालेर शिक्षकले आन्दोलन गरेको वताउनुभयो ।
प्रत्येक चौमासिकमा तलव दिँदै आएको वताउँदै पोख्रेलले विद्यालयको आर्थिक अवस्था कमजोर रहेकाले केही समस्या भएको संकेत गर्नुभयो । एस एल सी परिक्षाको कामले आफु सदरमुकाम तम्घास आएको भन्दै प्रधानाध्पापक पोख्रेलले आजै साँझ विद्यालयमा पुगेर समस्या समाधानका लागी छलफल गर्ने वताउनुभयो । यता जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले भने विद्यालय वन्द गरेर समस्या समाधान नहुने भन्दै वार्तामा वसेर समस्याको पहिचान गरी समास्याको समाधान खोज्नुपर्ने वताउनुभएको छ । उहाँले तत्कालै विद्यालयलाई निर्देशन दिने जानकार ी समेत दिनुभएको छ । विना जानकारी शिक्षकले गरेको वन्दवाट विद्यालयका करिव ३०० सय विद्यार्थीको पढाई अन्यौलमा परी नजिकिँदै गरेको वार्षिक परिक्षालाई समेत असर पुगेको विद्यार्थीको भनाई छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग