Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहुविवाह गरी यातना दिएको भन्दै प्रशासन कार्यालयमा उजुरी

Published on 11:22:00 PM //


नरेश भण्डारी
बलेटक्सार गाविस-४ की ३५ वर्षीया पुष्पा ज्ञवालीका ४२ वर्षीय पति दधिराम ज्ञवालीले दोस्रो विवाह गरी आफु र १४ वर्षीय छोरा विशाल ज्ञवालीलाई घर निकाला गरेको भन्दै ०६८ चैत १ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् ।
 दधिरामले कोटिहवा गाविस-७ रुपन्देही की २८ वर्षीया तुल्सा उपाध्यायसंग ०६८ असोज १६ गते दोस्रो विवाह गरेको र ०६८ फागुन २१ गते घरमा आई घर खाली गर्न दबाब दिएपछि छोरासंगै माईतमा बस्दै आएको पीडितले बताइन् ।
 यातायात मजदुरी गर्ने दधिरामले ०५१ फागुन १२ गते सामाजिक परम्परा अनुसार विवाहको दुई महिनापछि लगातार शारीरिक र मानसिक यातना दिँदै आएको भएपनि सहेर बसेको तर दोस्रो विवाह गरेको थाहा पाएपछि न्यायका लागि उजुरी दिएको व्यहोरा पीडितले दिएको उजुरीमा उल्लेख छ ।
 घटना सम्वन्धमा जिल्ला प्रशासन कार्यालयले ०६८ चैत ३० गते हाजिर हुन आरोपितका नाममा पत्राचार गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग