Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काम गरेको पैसा माग्दा मजदुर कुटिए

Published on 8:21:00 PM //


पि.एम.मगर
आफुले काम गरेको पैसा माग्दा गुल्मी वाग्लाका एक मजदुर स्थानीय एक व्याक्तिद्धारा निर्घात कुटिएका छन्। वाग्ला गाविस वार्ड नं. ४ निवासी भोजराज पन्थीद्धारा सोही गाविस ३ का ४५ वर्षीय ओमवहादुर विश्वकर्मा कुटिएका हुन्। पन्थीको घरमा शौचालय वनाउने काममा लागेका विश्वकर्माले पाँच सय रुपैयाँ घर खर्चका लागि मागेको र पन्थीले उक्त रकम नदिएपछि सोही विषयलाई लिएर पन्थीले घरमै आएर कुटपिट गरेको पीडित पक्षको वताएका छन्।
मागेको रकम नदिएपछि विश्वर्माले पन्थीको ढुङ्गा फार्ने घन लगेर घर गएको र त्यसै विषयको आक्रोसमा पन्थीले घरमै आएर निर्घाट कुटपीट गरेको विश्कर्माले वताउनुभयो। टाउको, आँखामा गम्भिर चोट लाग्नुका साथै उहाँको हात समेत भाँचिएको छ। तमघास अस्पतालमा उपचार हुन नसकेपछि विश्वकर्मालाई आजै पाल्पा रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ। दलितहरुलाई हेप्ने प्रवृतिको पराकाष्ट नाघेको भन्दै दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले दोषीमाथि कारवाही हुनुपर्ने वताउनुभयो। सामान्य कुरालाई समेत लिएर वाग्लाका दलितहरु उपल्लो वर्गका मानिसहरुद्धारा कुटिने गरेको विश्वकर्मा परिवारले वताएको छ। यस संवन्धमा भोजराज पन्थीसँग सम्पर्क हुन सकेन।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग