Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नक्कली कागजात पेश गरी रकम निकासा

Published on 1:32:00 AM //


गुल्मीको जुभुङ खानेपानी योजना कागजमा मात्रै निर्माण सम्पन्न भएको देखाएर रकम निकासा गरिएको खुलासा भएको छ । जिल्ला विकास समितिबाट रु नौ लाखमा सुरु गरिएको सो योजना गत असारमा नै सम्पन्न भएको भनी नक्कली कागजात पेस गरेर रकम निकासा भएको खुलासा भएको हो ।

स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहयोगमा एकीकृत ग्रामीण विकास समाज गुल्मीले हालै गरेको अनुगमनले उक्त योजनामा अनियमितता भएको देखाएको हो । उपभोक्ताहरुले गर्नुपर्ने काम समयमा नगरेका र जनशक्तिको अभावले ढिलाइ हुन गएको निर्माण व्यवसायी कुलबहादुर टण्डनको भनाइ छ । गत असार मसान्तभित्रै सम्पन्न भइसक्नुपर्ने योजना हालसम्म पूरा नभए पनि असार मसान्तअघि नै कागजमा सम्पन्न गराई रकम निकासी गरिसकिएको समितिका अध्यक्ष ज्ञानबहादुर खड्काले बताए । एकीकृत ग्रामीण विकास समाजले अनुगमन सुरु गरेपछि हतार–हतार धारा निर्माण गर्न सुरु गरिएको उपभोक्ता विष्णु घर्तीे बताउछन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग