Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुपाकोट समाज गुल्मी-काठमाडौंको २ बर्षे योजना सार्वजनिक

Published on 1:40:00 PM //

रुपाकोट समाज गुल्मी काठमाडौंको नव निर्वाचित कार्य समीतिको बैठकले आगामी दुई बर्षमा समाज ले गर्ने काम हरुको बारेमा छलफल गर्‍यो जुन निम्ननुसार छन -

क - संस्थागत बिकास, जस अन्तर्गत समाजका एकाइहरु स्वदेश तथा बिदेशमा बिस्तार गर्ने तथा रुपाकोटसँग सम्बन्धित सबै लाई समाज सँग आबद्ध गराउने । रुपाकोट देखि बाहिर रहेका सबैको बिस्तृत  विवरण एबम संपर्क नम्बर समेत प्रकासित गर्ने लगायताका कुराहरु रहेका छन ।

ख - शैक्षीक प्रबर्द्दन, जसमा रुपाकोटका बिध्यालयहरुको सम्रचना तथा गूणस्तर बिकासको लागि सहयोग गर्ने, एस एल सि पछी आउने विद्यार्थीहरुलाई परामर्श कक्षाहरु चलाऊने, शिक्षकहरुलाई तालीम्हरु सन्चालन गर्ने, पुस्तकालय स्थापना तथा सन्चालन गर्न सहयोग गर्ने आदि ।

ग - स्वास्थ्य प्रबर्द्दन, जसमा उप स्वास्थ्य चौकिलाई स्वथ्यचौकी बनाउन पहल गर्ने, जन चेतना कार्यक्रम तथा अभियान, स्वास्थ्य शिबिरहरु सन्चालन गर्ने, रुपकोट लगाएत वरिपरिका भेकलाई समेट्ने गरी एम्बुलेन्स सेवा सन्चालन गर्न सहयोग गर्ने, टेलिमेडिसिन सन्चालन गर्न सहयोग गर्ने आदि ।

घ - सहकारि प्रबर्द्दन, जसमा सहकारीको ब्याबसायिक बिकासका लागि योजना बनाउन तथा तालिमहरु दिन सहयोग गर्ने, सदस्यता बिस्तारमा सहयोग गर्ने, साधारण सभा गर्न सहयोग गर्ने, सेवा केन्द्र सन्चालन तथा प्रभावकारी बनाउन सहयोग गर्ने आदि

ड - कृषि, बन, पशुपालन आदिको बिकासमा सहयोग, जसमा उन्नत जातको बाली तथा पासुपालनको लागि प्राबिधिक सहयोग उपलब्द्ध गराउन पहल गर्ने आदि

छ -सामाजिक बिकास, जसमा सामाजिक जागरणका कार्यक्रमहरु चलाऊने, गाबिसको रणनितिक् योजना बनाउन सहयोग गर्ने, तथा शुशासनका कार्यक्रम्हरु चलाऊन सहयोग गर्ने आदि ।

ज - प्रकाशन तथा प्रचार प्रसार, जसमा वेबसाईट बनाउने, स्मारिका प्रकाशन गर्ने, तथा अन्य जानकारीका कार्यक्रमहरु चलाऊने आदि ।

झ - बिपत्ती सहयोग कार्यक्रम, जसमा बिपत्तिमा परेकालाई सहयोग गर्न सहयोग जुटाउने, बिपन्न तथा असक्तहरुको लागि सहयोग जुटाउने आदि ।

ञ - अक्षय कोष सन्चालन, जसमा अक्षय कोषको रकम बढाउदै त्यसलाई प्रभावकारी रुपमा चलाऊने ।

ट - शिप बिकास तथा युवा रोजगारी, जसमा गाउँका युवाहरुलाई शिप बिकासको लागि तालिमहरुमा सहभागि गराउन पहल गर्ने तथा रोजगारी बढाउने कार्यक्रम लैजान पहल गर्ने आदि ।

माथिका सबै काम गर्नका लागि छुट्ट्टा छुट्टै टिम बनाएर स्वदेश तथा बिदेशको आर्थिक तथा भौतिक शक्ती परीचालन गर्न रुपाकोट समाजले पहल गर्ने छ । यसका लागि बिगतमा भन्दा अज प्रभावकारी सहयोग को अपेक्षा समेत समाजले गरेको छ ।

बैठकले नयाँ सल्लहाकार समितीको पनि मनोनयन गरेको छ जसमा पिताम्बर भण्डारी, गिरिराज भण्डारी, पार्वती भण्डारी, चुडामणी भण्डारी, झबिन्द्र भण्डारी, गोपाल गैरे, डिलाराम भण्डारी, यम बहादुर थापा, रमेश भण्डारी, घनश्यम अर्याल, हरी भण्डारी, प्रकाश न्यौपाने र प्रेम थापा रहनु भएको छ ।

हामीले सबैको सुझाब, सहयोग तथा सहभागिता को विश्वाश लिएका छौं ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग