Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामाजिक बिषयको परिक्षामा पनि ६ जना निष्कासित

Published on 9:45:00 PM //


विष्णु पौडेल
आज भएको प्रवेशिका परिक्षाको सामाजिक विषयमा गुल्मीका विभिन्न केन्द्रहरुबाट ६ जना परिक्षार्थीको निस्काशित भएका छन् । परिक्षाको मयादाविपरित कार्य गरेवापत उनीहरुलाई आजको विषय रद्ध हुने गरी निश्कासित गरिएको जिल्ला शिक्षा कार्यालयका उपसचिव थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेले दिएको जानकारी अनुसार वामीकेन्द्रवाट महेन्द्र आर्दश उच्च माविका २ जना र सारदा विद्यामन्दिरका १ जना, पुर्तिघाट परिक्षा केन्द्रवाट जनकल्याण उच्च माविका १ जना, पुर्कोटदह परिक्षा केन्द्रवाट पृथ्वी उच्च माविका १ जना र हाडहाडे केन्द्रवाट सोमरभोमर माविका १ जना गरी ६ जना निस्कासित भएका छन् । केही केन्द्रवाहेक अन्य केन्द्रमा आजको परिक्षा मर्यादित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले दावी गरेको छ । तुलनात्मक रुपमा विगतका वर्ष भन्दा यस वर्ष गुल्मीमा परिक्षा मर्यादित रुपमा सञ्चालन भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग