Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्रकको ठक्करवाट २ जना घाईते

Published on 12:48:00 AM //

विष्णु पौडेल
गुल्मीको दिगाम २ पिलनेटामा ट्रकको ठक्करवाट २ जना घाईते भएका छन् । सदरमुकाम तम्घासवाट रिडी जाँदै गरेको लु १ ख ५२४८ नम्वरको ट्रकको ठक्करवाट वलेटक्सार मुसीडाँडाका १३ वर्षीय मनोज थापा र कमल पौडेल घाईते भएका छन् । वाटोमा हिडिरहेका उनीहरु लाई ट्रकले ठक्कर दिएको थियो । ठक्करवाट घाईते दुवैको लुम्विनी मे डिकल कलेज पाल्पामा उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठक्कर दिएर भागेका गौँडाको ट ८ का चालक नुतन थापा र ट्रकलाई दिउसो इलाका प्रहरी कार्यालय रि डिले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग