Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घाँटी रेटिएको अवस्थामा शब फेला

Published on 9:04:00 PM //

टोपलाल अर्याल
गुल्मीको पौदीअमराई गाविस वडा नम्वर ५ रातामाटामा आज विहान घाँटी रेटिएको अवस्थामा एक शब फेला परेको छ । उक्त शव गुल्मीकै दोहोली–३ ढाँडका ५५ वर्षिय देविराम जि.सी.को भएको पुष्टी भएको छ । पौदीअमराई-तम्घास सडक खण्ड स्थित रातामाटाको खरबारीमा सडिसकेको अवस्थामा स्थानीय ११ वर्षे बुद्ध सुनारले घाँस काट्ने क्रममा उनको बेबारिसे शव फेला पारेको पौदीअमराईवाट आर वि थापाले जानकारी दिनुभएको छ । शबको स्थानीय बासिन्दा र जि.सी.की श्रीमतीले पहिचान गरेको अनुसन्धानका लागि तम्घासबाट खटिएको प्रहरी निरक्षक राजु शर्माले जानकारी दिनु भएको छ । पोष्टमार्टमका लागी जिसीको शव सदरमुकाम तम्घास ल्याइदै छ । पौदीमराईको अरेवामा रहेकी सानिमाको घरमा जान चैत ९ गते घरवाट हिडका जिसी एकाएक वेपत्ता भएको पारिवारिक श्रोतले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग