Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अवैध तरिकाले गाई खरिद गर्ने दुई पक्राउ

Published on 1:42:00 AM //


टोपलाल अर्याल
गुल्मीको मुसिकोटबाट बाग्लुङ्गको अधिकारीचौर तर्फ लैजाँदै गरेका ७ गाई सहित दुई व्यक्तिलाई पौदीअमराईका स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका छन् । स्थानीय बासिन्दा, दर्लिङ्ग पशु सेवा उपकेन्द्रका प्राविधिक राजु पौडेल र प्रहरीको सक्रियतामा अवैध रुपमा गाई खरीद गरी लैजादै गरेका अधिकारीचौर–७ बाग्लुङ्गका जितबहादुर पुन र सहबहादुर वि.क. नियन्त्रणमा परेका हुन् । ४ हजारमा पाल्नका लागि ७ गाई खरिद गरेर लैजान लागेको पक्राउ परेका व्यक्तिले बताएपनि गाई खरिद गर्ने दुवै व्यक्तिले कुनै पनि कानुनी प्रकृया पुरा नगरेकाले उनीहरुको बारेमा अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले बताउनु भएको छ ।

आजै पौदीअमराई गाविसमा भएको सर्वपक्षिय भेलाले पाल्नका लागि खरिद गरेका हुन भन्ने व्यहोराको सिफारिस सम्बन्धित गाविसले पत्र पठाएपछि मात्र नियन्त्रणमा रहेका व्यक्तिालाई छोड्निे सहमति समेत भएको छ । यस अघिपनि जिल्लामा ताप्लेजुङ्गबाट आएर गोरु खरिद गरी लैजाँदै गर्दा दुई जनालाई रिडीमा पक्राउ गरी कारवाही गरिएको जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग