Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरबाट लडेर मृत्यु

Published on 1:43:00 AM //


टोपलाल अर्याल
गाई बस्तु चराउने क्रममा भिरबाट लडेर हाडहाडेमा एक जनाको मृत्यु भएको छ । मंगलबार गाई गोरु चराउन जंगल गएका हाडहाडे–२ का ६५ वर्षिय चेतमान श्रेष्ठको मृत शव हाडहाडेकै हर्रापाटा भन्ने भिरमा बुधवार फेला पारेको प्रहरीले जनाएको छ । जंगल गएका श्रेष्ठ मंगलबार सा“झसम्म पनि नफर्केपछि स्थानीय बासिन्दाले बुधवार खोजी गर्दा अप्ठ्यारो भिरबाट धेरै तल खसेर क्षतविक्षत भएको शव फेला पारेको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग