Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासका पसल र होटेलहरुमा अनुगमन

Published on 6:43:00 PM //


रेडियो रेसुङ्गा
जिल्ला प्रसासन कार्यलय गुल्मीले सदरमुकाम तम्घासका बजार तथा पसलहरुमा अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आर्यालको संयोजकत्वमा विभिन्न तीन टोली विभाजन गरि सम्पुर्ण बजार क्षेत्रको अनुगमन गरेको हो। अनुगमनको क्रममा जिल्लालाई कालो पलाष्टिक मुक्त क्षेत्र घोषणा गरिएता पनि केही पसलहरुमा कालो पलाष्टिक प्रयोग भएको, कतिपय पसलहरु दर्ता नै नगरी सञ्चालन गरिएको, कुनैमा दर्ता तथा पान न. उल्लेख भएको प्लेट टाँस नगरिएको थियो भने केही किरना पसलहरुमा मुल्य सुची टाँस नगरिएको भेटिएको छ।
अनुगमनका क्रममा प्रायः होटलहरु पनि  अव्यवस्थित रहेको पाईएको थियो। अनुगमन टोलीले उक्त अव्यवस्थित र नियम विपरित सञ्चालन भएका होटल तथा पसलहरुलाई एक हप्ता भित्र सम्पुर्ण प्रक्रिया पुरा गर्न निर्देशन दिएको छ। साथै उपभोक्ताहरुलाई पनि सामानहरु खरीद गर्दा वस्तुको उपभोग्य म्याद सकिए नसकिएको हरेर मात्र खरीद तथा उपभोग गर्न र सामान खरिद गर्दा कालो पलाष्टिकको प्रयोग नगर्न आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वको अनुगमन टोलीमा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, महासचिव कृष्णप्रसाद पोख्रेल, होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष युवराज भण्डारी लगायतको सहभागीता रहेको थियो भने जिल्ला प्रशासन कार्यालयका तुल्सीराम न्यौपानेको नेतृत्वमा गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डे, सदस्य श्यामकुमार पाण्डे, उपभोक्ता मञ्चका मुकुन्दहरी गौतम लगायतको टोलीले अनुगमन गरेको थियो। त्यस्तै पत्रकार संञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। त्यस्तै जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत यज्ञ पन्थीको नेतृत्वमा गुल्मी उद्योग वाणिज्य संघका सचिव तारा भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम लगायतको सहभागिता रहेको टोलीले अनुगमन गरेको थियो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग