Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माछा कुहिएर खोला नै दुर्गन्धित

Published on 6:41:00 PM //

रेडियो रेसुङ्गा
गुल्मीको वामीटक्सारदेखि बडागाउँको झेँदीसम्म बढीघाट खोलामा करेन्ट लगाएर माछा मार्दा बगेका माछाहरु कुहिएर खोला नै दुर्गन्धीत बन्न पुगेको छ। खोला किनारमा बस्ने मानिसहरु कतिपयले खोलाकै पानी पिउछन् । नुहाउन कपडा धुन समेत नाक थुनेर बस्नु पर्ने अवस्था आएको स्थनीयवासीले गुनासो गरेका छन् । दुर्गन्धीत पानीको सिंचाईबाट खेतीपातीलाई समेत असर पर्ने भएकाले करेन्ट लगाएर माछा मार्ने कार्य प्रशासनले रोक्नुपर्ने माग स्थानीयवासीले गरेका छन् । दिनको समयमा वामी इलाका प्रहरी चौकीका जवानहरुले निगरानी राख्ने भएपनि रातको समयमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेको स्थानीयवासीले बताएका छन्। गतवर्ष संचारमाध्यममा त्यस विरुद्ध समचार प्रसारण गरेपछि प्रशासनले कडाई गरेको थियो । तर अहिले रातमा करेन्ट लगाउन थालिएको छ भन्दै स्थानिय वासीले प्रशासनको ध्यानाकृष्ट गराएका छन्।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग