Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा एस.एल.सी परिक्षा केन्द्र बन्यो नमुना, केन्द्राध्यक्ष देखी सुरक्षागार्ड सम्म सबै महिला

Published on 1:23:00 PM //




गगनशिला खड्का
यस वर्षको एस.एल.सी परिक्षामा तम्घासको महेन्द्र उच्च मावि क केन्द्रमा केन्द्राध्यक्ष देखि सुरक्षागार्ड सम्म सबै महिलाहरुले सञ्चालन गरेको परीक्षाकेन्द्र जिल्लाकै नमुना परीक्षा केन्दको रुपमा स्थापीत रह्यो ।
महिलाहरुलाई महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानमा कुनै जिम्मेवारी दिन आनाकानी गरीन्छ तर जिम्मेवारी पाए भने उनीहरुले गरेको काम नमुनायोग्य बन्न सक्छ भन्ने उदाहरण दिएको छ महिलाहरुले सञ्चालन गरेको परीक्षाकेन्द्रले । जिल्लामा एस एल सी परीक्षाका लागी ३० ओटा परीक्षा केन्द्रमध्य यो केन्द्रमा आमाको जस्तै माया ममतामा यसरी परीक्षा दिन पाउँदा घरमै आमा संग रहेको जस्तो अनुभव गरेको विद्यार्थीहरुले बताए । पुरुषहरु आउँदा अलि डरको अनुभव हुने भएपनि महिलाहरु कक्षामा आउँदा आमा आएजस्तै महशुस हुने गरेको परिक्षामा सहभागी विद्यार्थी रेमकला हिताङले बताउनुभयो ।
परीक्षाका लागी तम्घासको महेन्द्र उच्च मावि क केन्द्रमा केन्द्र प्रमुख सहायक र निरीक्षक गरी  १५ जना महिलाहरु छन् । उनीहरुलाई सहयोग गर्नकै लागी जिल्ला प्रहरी कार्यालयले प्रहरी  निरीक्षकको नेतृत्वमा ७ जना महिला सुरक्षाकर्मीलाई समेत खटाईएको थियो । महिला महिलाले नै चलाएको केन्द्र अन्यत्र भन्दा शान्त र मर्यादित बनेको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “महिलाहरुले मात्र सञ्चालन गरेको परिक्षाकेन्द्रबाट एउटा विधार्थी पनि निष्काशित भएन र कुनै परिक्षार्थीको विषय रद्ध गर्नुपरेन ।” यसरी मर्यादित परीक्षा केन्द्र सञ्चालन गर्दा विद्यार्थी भन्दा अझ बढी खुसी छन् परीक्षा गराउन लागी परेका महिला शिक्षीकाहरु ।
महिलाहरुलाई यसरी नै काम गर्ने जिम्मेवारी दिनुपर्ने सिर्जना प्रावि तम्घासकी प्रधानाध्यापक मिना पन्थीले बताउनुभयो । घरमा बालबच्चाले आमासंग जति नजिक हुन्छन् त्यति बाबुसंग हुँदैनन् र त्यसले गर्दा उनीहरुलाई हौसला र उत्साह भएजस्तै परीक्षा केन्द्रमा पनि सहज बावातावरण हुन्छ भन्ने उद्धेस्यले जिल्ला शिक्षा कार्यालयमा आफूले महिला महिलाले परीक्षा केन्द्र सञ्चालन गर्नुपर्ने महिला शिक्षीकाहरुले प्रस्ताव राखे । जिल्ला शिक्षा अधिकारीले स्विकार गरे पछि यसरी सञ्चालन गरीएको परीक्षा केन्द्रा जिल्लामा नमुना नै भयो । आफै अगुवा भएर कुनै पनि काम गर्न सक्दैनन् भन्ने मानसिकता चिरफार गरेर अवसर दिएमा राम्रो काम गर्न सक्छन् भन्ने देखाउन महिला महिलाले नै परीक्षा केन्द्र चलाएको परीक्षाकेन्द्राध्यक्ष कमला भण्डारीको धारणा छ ।
यो कुराले परीक्षा केन्द्र नमुनायोग्य र मर्यादित मात्रै भएको छैन महिलाहरु आफैले काम गरे भने सम्पन्न गर्न नसक्ने भन्ने केही हुँदैन भन्ने कुरा समेत स्पष्ट भएको छ । अवसर पाएभने महिलाहरु कुनै कुरामा कमजोर छैनन् भन्ने उदाहरण बनेको छ महिलाहरुले गनै सञ्चालन गरेको परीक्षा केन्द्र । महिलाहरुलाई पछि पार्नका लागी गरीएका नकारात्मक कुरालाई अन्त्य गर्न महिला आफै अगाडी बढ्नुपर्छ भन्ने उदाहरण दिएको सहायक केन्द्राध्यक्ष पुष्पा पौडेल को भनाई छ ।
यो काममा महिला शिक्षीका मात्र होईन महिला सुरक्षाकर्मीले पनि आफूहरुले राम्रो भूमिका निर्वाह गरेर देखाउने मौका पाए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा ७ जना महिला सुरक्षा कर्मीहरुले आफै पक्षा केन्द्रको सुरक्षादेखि विद्यार्थिको चेकजाँच सम्म गरे । महिला शिक्षीका र महिला प्रहरीविच सहकार्य पनि भयो भने सँधै पुरुष सुरक्षाकर्मीको नेतृत्वमा शान्ति सुरक्षाको भुमिका निर्वाह गर्ने महिला प्रहरी आफैले सुरक्षाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पनि पाए । महिला सुरक्षाकर्मीले मात्रै जिम्मेवारी पाउँदा पुरुषले भन्दा बढी राम्रो काम गर्न सकेको महिला सुरक्षाकर्मी विष्णु न्यौपानेले बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग