Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका श्रेष्ठलाई राष्ट्रिय क्रियाशिल युवा पत्रकारीता पुरस्कार

Published on 3:35:00 AM //


गगनशिला खड्का
निरन्तर दश वर्षदेखी पत्रकारीता पेशामा क्रियाशिल नेपाल पत्रकार महासंघ गुल्मी शाखाका केन्द्रीय पार्षद गोकुल श्रेष्ठ क्रियाशिल युवा पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । गुल्मी जिल्लाबाट २०६० सालमा आफ्नै लगानीमा साझा विचार साप्ताहिक प्रकाशित गरी पत्रकारीता शुरु गर्नुभएका श्रेष्ठ रिपोटर्स क्लव नेपालको १४ औं वार्षिकोत्सवको अवसरमा क्लवले घोषणा गरेको क्रियाशिल युवा पत्रकारीता पुरस्कारबाट २० हजार नगद र प्रमाणपत्र सहित सम्मानीत हुनुभएको हो ।
पत्रकारीता क्षेत्रमा लगातारको मेहनत र निरन्तर क्रियाशिलताको कदर गर्दे श्रेष्ठलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमाणपत्र,एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नगद प्रदान गर्नु भएको थियो भने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले खादा ओढाएर सम्मान गर्नुभएको थियो । नेपाल वान टेलिभिजनको समाचारदाता,बुटवलको जनआबाहन साप्ताहिक र पाल्पाको पश्मिाञ्चल एफ.एममा काम गरीसक्नुभएका श्रेष्ठ विगत पाँच बर्षदेखी राजधानीबाट सञ्चालित सगरमाथा टेलिभिजनमा समाचार सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।
गुल्मी जिल्लाको बलिथुम गाविसमा जन्मनु भएका श्रेष्ठले अहिले अमेरीकाबाट सञ्चातिल ह्वाईट हिमाल टिभीको नेपाल व्यरो प्रमुखका साथै अनुकर राष्ट्रीय म्यागजीनमा सम्पादकको समेत जिम्मेवारी समाहल्दै आउनुभएको छ । राष्ट्रीय सञ्चारमाध्यमा रही गुल्मीमा लुकेर रहेका कुराहरु बाहिर ल्याउनमा श्रेष्ठको महत्वपुर्ण योगदान रहेको भन्दै राष्ट्रीय क्रियाशिल युवा पत्रकारीता पुरस्कारबाट सम्मानीत भएकोमा गुल्मीबासीले बधाई दिएका छन । श्रेष्ठलाई सेवा सञ्चार र सञ्चारीका समुह गुल्मीले समेत बधाई तथा शुभकामना दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग