Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक वनको आम्दानीवाट मोटरवाटो मर्मत

Published on 6:38:00 PM //


रेडियो रेसुङ्गा
रिप डिगैरा सामुदायिक वन उपभोक्ता समुह वलिथुम वार्ड नं. ७ र ८ को अनुदान सहयोगमा मोटरवाटो मर्मत कार्य सम्पन्न भएको छ। वार्ड नं. ९ नेटादेखि थाक्सी पोखरा हुँदै पिपलपोखरा जोड्ने मोटरवाटो सो समुहले ७० हजारको आर्थिक सहयोगमा मर्मत गरिएको हो। विशेष गरी नेटादेखि थाक्सी पोखरासम्मको वाटोलाई फराकिलो वनाउनुका साथै उकालो तथा अफ्ठ्रा वाटोलाई सहज वनाईएको र अन्य वाटोको अन्य खण्डमा पनि मर्मत गरिएको समितिले जनाएको छ। गाविसवाट पटक पटक मर्मत कार्य भएपनि सहज हुन नसकेको सो मोटरवाटो अहिले सहज वनेपछि गाविसका वार्ड नं. ७, ८ र ९ का उपभोक्ताहरु प्रत्यक्ष लाभाम्विन भएका छन्। गाविसमा जोडिएका प्रत्येक मोटरवाटोहरुले गाविसवाट छुट्टिने रकममा भर परिरहेका वेला सामुदायिक वनवाट उदहारणीय कार्य हुनुले अन्य मोटरवाटोका उपभोक्ताहरुलाई समेत यसले गतिलो सन्देश दिएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग