Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली विषयमा १ परीक्षार्थी निष्कासित

Published on 1:35:00 PM //


रेडियो रेसुङ्गा
एसएलसी प्रवेशिका परीक्षाको  हिजो दोश्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा गुल्मी जिल्लामा एक जना विद्यार्थी निष्कासित भएका छन्। परीक्षा समयमा परीक्षाको मर्यादा भन्दा वाहिर रही कार्य गरेको भन्दै नेटा गाविसमा रहेको नेटा दर्लिङ्ग उच्च माध्यमिक विद्यालयको परीक्षा केन्द्रवाट एक विद्यार्थी निष्काशित भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। अन्य स्थानमा भने मर्यादित रुपमा सम्पन्न भएको कार्यालयले वताएको छ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा जिल्लाका विभिन्न केन्द्रहरुवाट चार विद्यार्थीलाई निष्काशन गरिएको थियो। एक जनालाई यस वर्षको परीक्षा नै रद्ध हुने गरी निष्काशित गरिएको थियो भने अन्य तीन जनालाई एक विषय मात्र रद्ध गरिएको थियो। गत वर्षको तुलानामा थप मर्यादित तथा व्यवस्थित भएको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले दावी गर्नुभयो। यसलाई थप मर्यादित गर्न सवै पक्षको सहयोगको आवश्यकता रहने कुरामा समेत उहाँले जोड् दिनुभयो। विद्यार्थीहरुले चिट चोर्ने लगायतका अमर्यादित कृयाकलाप गर्दा परीक्षावाट वाहिरिनुपर्ने र आफ्नो भविष्य विग्रने भएकाले त्यस्तो कार्य नगर्न उहाँको आग्रह गर्नुभयो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग