Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मापदण्ड विपरित मासु पसल संचालन गर्नेलाई अन्तिम चेतावनी

Published on 2:45:00 PM //


रेडियो रेसुङ्गा
मासु पसल संचालन गर्ने कतिपय व्यवसायीहरुले मापदण्ड विपरित मासु विक्रि वितरण गरेको भन्दै मासु अनुगमन समिति गुल्मीले त्यस्ता मासु व्यवसायीहरुलाई अन्तिम पटक सुधारका लागि चेतावनी दिएको छ। यसरी चेतावनीमा पर्ने मासु पसलहरुमा सदरमुकाम तम्घास अन्तर्गत पुतली वजारमा रहेको कुरेसी मासु पसल, अर्जुन मासु पसल र सिजन फ्रेस हाउस रहेका छन्। मासु अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालको नेतृत्वमा सदरमुकाम तम्घासमा रहेका मासु पसल अनुगमन गर्ने क्रममा उक्त चेतावनी दिईएको थियो। मासु पसल अनुगमनको क्रममा कतिपय मासु व्यवसायीहरुले मासु काटि सकेपछि पनि पानीमा डुवाउने गरेको, मासु काट्ने र समात्ने सामग्रिहरु सफा नगरिएको, मासु राख्ने फ्रिजहरुमा पानी राखिएको, काट्ने ठाउँहरु उपयुक्त तरिकाले सरसफाई नगरिएको समेत फेला पारेको थियो।
समितिले अनुगमनको क्रममा पटकपटक सुधारका लागि निर्देशन दिएपनि कतिपय व्यवसायीहरुले सुधारका लागि प्रयास गरेको भेटिएको थियो। कतिपयले भने अनुगमन समितिको सुझावलाई वेवास्ता गरेको भन्दै त्यस्ता मासु पसलहरुलाई अन्तिम पटक सुधारकालागि चेतावनी दिनु परेको मासु वजार अनुगमन समितिका संयोजक वावुराम अर्यालले वताउनुभयो। उपभोक्ताहरुसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने यस्ता वस्तुहरुको सरफाईमा व्यवसायीहरुको उचित ध्यान पुग्नु पर्ने अर्यालले वताउनुभयो। जिल्ला पशु कार्यालय गुल्मीको आयोजनामा गरिएको उक्त अनुगमनमा जिल्ला पशुसेवा कार्यालयका प्रमुख डाक्टर हरिवहादुर कुँवर, गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रेल, प्रहरी निरिक्षक कृष्णप्रसाद ढकाल, पत्रकार जनार्दन घिमिरे, उपभोक्ता मञ्चका अध्यक्ष विष्णुप्रसाद पन्थी, मासु व्यवसायी समितिका अध्यक्ष खड्गप्रसाद श्रेष्ठ, जिल्ला पशुसेवा कार्यालयका प्रतिनिधिहरु हरिपसाद पन्थी र पशुपति मरासिनी लगायतको सहभागिता रहेको थियो। गुल्मी जिल्लामा हाल ४२ वटा मासु पसलहरु आधिकारीक रुपमा संचालनमा आएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग