Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संसारकै होँचा मान्छे भएको दाङमा होँची पनि

Published on 9:22:00 PM //

दाङको चैलाही ३ घोडेबास निवासी २० वर्षीया इश्वरीमाया छिनाललाई विश्वकै दोश्रो होँची महिला भएको दाबी गरिएको छ । ३० इन्च उचाइ र साढे ८ किलो चौल भएकी छिनाललाई विभिन्न मेला तथा महोत्सवहरुमा प्रदर्शन गर्ने गरिएको छ ।अहिलेसम्म गिनिज बुकमा भारतीकी ज्योति अम्गेको नाम विश्वकी होची महिलाको रुपमा लेखिएको छ । उनको उचाइ २४.७ इन्च छ । छिनाल दोश्रो होची भएको परिवारको दाबी छ । उनलाई घोराहीमा भएको तिनदिने अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा पनि प्रदर्शन गरियो ।त्यहाँ उनलाई हेर्न देशी विदेशीको भिड लागेको थियो । रुकुममा जन्मेकी छिनाल ०५५ देखि दाङमा बस्न थालेकी हुन् । चार भाइबहिनी मध्ये उनी जेठी हुन् । आमा धनकुमारी र बुवा सामान्य किसान रहेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग