Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडीका १ दर्जन बढी घर-टहरा भत्काइने

Published on 1:40:00 PM //


रुरु रिडी नेटवर्क
रिडी बजार तथा आसपासका क्षेत्रमा सार्बजनीक सडक सँग जोडीने गरी निर्माण गरिएका करीब एक दर्जन भन्दा बढी घर तथा टहराहरु भत्काइने भएको छ्। पश्चिम डिभीजन सडक कार्यालय,पाल्पाले बिभिन्न संचार माध्यमहरु मार्फत सुचना जारी गर्दै सडकको केन्द्र रेखा देखी १५ मिटर दाँया र १५ मिटर बाँया सडकको सिमा क्षेत्र भित्र निर्माण भएका स्थाइ वा आस्थाइ घर टहरा, छाप्राहरु वा अन्य कुनै त्यस्तै संरचनाहरु सुचना प्रकासित मितीले ३० दिन भित्र हटाउन भनेको छ अन्यथा कानुन बमोजिम कारर्वाही हुने समेत सुचनामा उल्लेख गरिएको छ्। रिडी बसपार्क क्षेत्रका झन्डै दर्जन भन्दा धेरै घरहरु १५ मिटरको परीधी भन्दा कममा निर्माण गरिएकाले ति घरहरु भत्काइने निस्चित भए पछी सम्बन्धित घर धनीहरु त्रसित भएका छन हो। स्मरण रहोस केही दिन अघी "रिडी क्षेत्रमा ब्यापकरुपमा सडक अतीक्रमण गरी घर टहराहरु निर्माण" भन्ने शिर्षकमा राष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेसण गरेका थिए।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग