Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'विश्वास गर्नुहोस्, अझै भर्जिन छु'

Published on 4:06:00 PM //

बिनिता बराल केही समययता चर्चामा छिन्। ५० भन्दा बढी म्युजिक भिडियोमा सुन्दर अनुहार र मादक आँखा मात्र देखिरहेका दर्शकले  यसपटक उनको टपलेस शरीर देख्न पाए। चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको 'चपली हाइट'का लागि खिचाइएको उक्त तस्बिरले गर्मी सुरु  नहुँदै सहर तताएको छ। त्यसो त चलचित्रबाट निकालिएको निहुँमा गत वर्ष उनले आत्महत्या गर्ने सार्वजनिक उद्घोष गरेर सबैलाई छक्क  पारेकी थिइन्। यसपटक भने प्रदर्शन नहुँदै चपली हाइटका निर्माता-निर्देशकसँग समहति विपरीत तस्बिर सार्वजनिक भएको भन्दै झगडा  गरिन्। कुरा नमिल्नेबित्तिकै निर्माता-निर्देशकसँग टक्कर लिइहाल्ने बानीका कारण पनि विनिता सञ्चारमाध्यमका लागि न्युजमेकर बनेकी हुन्।  नेपाली चलचित्रमा खुलेर बेड सिन दिएको भन्ने खबरले पनि उनी सबैको चासो बनेकी हुन्। उनका यिनै विवादास्पद कुराको चुरो खोज्न  साप्ताहिकका अश्विनी कोइराला बिनिताका पछि लागेका थिए।
लामो समय चलचित्र उद्योगमा काम गरेका नायिकाहरूका धेरै कुरा बाहिर आउँदैनन्, तिमी भने डेब्यु चलचित्रमै निर्माता निर्देशकसँग जोरी  खोज्छौं, कारण के हो ?
म चुपचाप अन्याय सहेर बस्ने व्यक्ति होइन। निर्माता निर्देशकका गलत कुरा पनि सही हो भन्न मेरो ब्रह्मले दिएन। पहिलो चलचित्र 'के म  तिम्रो साथी बन्न सक्छु' बाट म अचानक निकालिएँ। एउटा कलाकारको जीवनमा सोलो नायिका बन्नु ठूलो सपना हो। त्यो सपना देखाएर  एग्रिमेन्ट गरिसकेपछि बिनाकारण त्यसबाट निस्कनुको पीडा मजस्तो व्यक्तिलाई मात्र थाहा हुन्छ। मैले जोरी खोजेको थिइनँ, अधिकार खोजेकी  थिएँ।
तर आत्महत्या गर्ने धम्की दिएकी थियौ, आत्महत्याको धम्की दिएर अधिकार प्राप्त हुन्छ ?
त्यतिबेला म ठूलो मानसिक पीडामा थिएँ। एउटा सपना तुहिएको थियो। त्यसैले आत्महत्या गरौं कि भन्ने भावना आएको थियो। त्यो धम्की  थिएन, त्यस बेलाको यथार्थ थियो।
अहिले फेरि 'चपली हाइट' का निर्माता-निर्देशकसँग झगडा परेको छ, किन यस्तो ?
यहाँ पनि सहमतिविपरीत काम भयो। वास्तवमा अहिले जुन पोस्टर सार्वजनिक भएको छ, त्यो तस्बिर पोस्टरका लागि मात्र खिचिएको थियो।  तर त्यो सञ्चारमाध्यममा गयो। उक्त तस्बिरका बारेमा पनि गलत सूचना गयो। मैले सहमतिविपरीत भएको कुराको विरोध गरेको मात्र हो।
मानिसहरू आफू चर्चामा आउन नभएको कुरालाई भयो भन्छन्, तिमी भने भएको कुरालाई लुकाइरहेकी छौ, अचम्म होइन ?
विदेशमा चलचित्र चलाउन नयाँ-नयाँ स्टन्ट सिर्जना गरिन्छ भन्ने सुनेकी छु। नेपाली चलचित्रमा पनि त्यस्ता कुरा भएका होलान्, तर मलाई  हुँदै नभएका कुरा गरेर चर्चाको विषय बनाउँदा अप्ठयारो लाग्यो। आखिर म पनि आमनेपाली युवती हुँ। मेरो पनि परिवार छ। मलाई गाह्रो पर्दैन  र ?
चलचित्र संसारमा छिरेपछि धेरै कुरामा सेक्रिफाइस गर्नुपर्छ भन्ने थाहा थिएन ?
थाहा थियो, यद्यपि आफैं भोग्दा गाह्रो हुँदो रहेछ। जतिसुकै आधुनिक हुन खोज्दा पनि भित्री संस्कारले बाटो छेक्दो रहेछ।
नेपाली चलचित्रमा  विनिताले सबै लुगा खोलेर क्रान्ति नै गरी भन्छन्, अप्ठारो लागेन ?
मान्छेलाई रक्सीको नसा लाग्छ, कसैलाई ड्रग्सको नसा लाग्छ। मलाई भने अभिनयको नसा लागेको छ। अभिनय भनेपछि म सबै कुरा बिर्सन्छु।  निर्देशकको निर्देशनअनुसार मलाई लुगा खोल्न गाह्रो भएन। किनभने त्यहाँ म बिनिता बराल थिइन, कथाको बिनु थिई, जो आफ्नो ब्वाइफ्रेन्डसँग रिलेसन राख्न गाह्रो मान्दिनँ।
आजभोलि हिन्दी चलचित्र जगत्मा विद्या वालनको चर्चा छ, त्यसैको सिको गरेको हो ?
मलाई विद्या वालन साह्रै मन पर्छिन्। उनले डर्टी पिक्चरमा जुन काम गर्न सकिन्, त्यो मजस्तो कलाकारका लागि साह्रै आत्मविश्वास जगाउने  क्यारेक्टर हो। म यस किसिमको फरक काम गर्न मन पराउँछु।
आठ वर्षदेखि नेपाली चलचित्रमा जम्न संघर्ष गरिरहेकी थियौं, एकैपटक यौनजस्तो गम्भीर विषयमा आधारित चलचित्रमा खेल्नुको पछाडि के  रहस्य छ ?
सम्भवतः मेरो अनुहार चलचित्रको पात्रसँग मिलेर हुन सक्छ। म धेरैपटक रिजेक्ट भएकी कलाकार हुँ। मैले सबैजसो निर्देशकलाई आफू हिरोइन  हुन चाहेको बताएँ, तर सबैले लगभग रिजेक्ट गरे। अहिले आएर बल्ल क्लिक भएकी छु। सायद राम्रो चलचित्रबाट मेरो यात्रा थालनी हुन ले खेको रहेछ।
मानिसहरू त अर्थोक नै भन्छन् नि ?
के भन्छन् ?
बिनिताले आफू स्थापित हुन धेरै संघर्ष गरी तर निर्माता-निर्देशकको इच्छा पूरा गर्न नसकेका कारण रिजेक्ट हुन्थी। अहिले सेक्रेफाइस गरेका  कारण सिनेमा पाई भन्छन्, सत्य हो ?
तपाईंले भन्न खोजेको कुरा मैले बुझें। हो, कतिपय निर्माता-निर्देशकले मलाई घुमाइ-फिराई चिप्लो घस्थे। पहिले त म कुरा बुझ्दिनथेँ। तर  राति-राति मात्तिएको स्वरमा तिनै व्यक्तिले कुरा गरेपछि भने म उनीहरूको मनसाय के हो भनेर बुझ्थे। यौनजस्तो विषयलाई मान्छेले किन  यति हलुका रूपमा लिन्छन् भनेर मलाई पीडा हुन्थ्यो। म रिजेक्ट हुनुको कारण कथावस्तुमा फिट नभएर पनि  हो।
अहिलेको चलचित्रका निर्माता-निर्देशकले चाहिँ यौनलाई गम्भीर रूपमा लिए भन्न खोजेको हो ?
कथाको विषय त गम्भीर नै हो। मलाई कथा मनपर्‍यो। सबैभन्दा ठूलो कुरा उहाँहरूले त्यो पात्र मलाई फिट हुन्छ भनेर विश्वास गर्नुभयो, त्यो  खुसीको कुरा हो। म आठ वर्ष लामो मोडलिङ, म्युजिक भिडियो र विज्ञापन करियरबाट अघाउन थालिसकेकी थिएँ। अभिनय मेरो नसा-नसामा थियो, त्यसलाई देखाउन पाएँ।
बेड सिन पनि ?
म अभिनय गर्दा पात्र भएर गर्छु, यो बिनिता हुन्न। त्यसैले बेड सिन दिँदा पनि गाह्रो भएन।
बेड सिन दिँदा केले काम गर्‍यो, अनुभव, कल्पना वा कसैको देखेर ?
कसैको देखेर अनि कल्पना गरेर। आफूले त्यो अनुभव गर्न पाएकी छैन। यौनका विषयमा म अझै कमजोर छु भन्ने लाग्छ।
कसको देख्यौ ?
नाइँ त्योचाहिँ भन्दिनँ।
अहिलेको जमानामा बिनिताजस्ती खुला युवतीले बेड सिन दिन कल्पना गर्नुपर्छ र ? आफ्नै अनुभव छैन र ?
मान्छेले नपत्याउन सक्छन्, तर मैले त्यो अनुभव गर्न पाएकी छैन।
प्रेमीसँग त्यो अनुभव नभएको हुन सक्छ, तर कहिलेकाहीँ करियरका लागि पनि सेक्रिफाइस गर्नुपर्छ नि, होइन र ?
तपाईं घुमाई-फिराई एउटै कुरा सिद्ध गर्न खोज्दै हुनुहुन्छ। अहिलेको जमानामा यौन भनेको सामान्य कुरा हो। यसमा झूटो बोल्नुपर्ने आवश्यकता छैन। विश्वास गर्नुहोस्, म अझै भर्जिन छु।
तिमी चपली हाइटमा एउटी कामुक युवतीका रूपमा देखिएकी छौ, तिमी आफूलाई कामुक मान्छौ कि सुन्दरी ?
म सुन्दरी नहुन सक्छु, तर कामुक छु। एकपटक मलाई कसैले ध्यान दिएर हेर्‍यो भने ऊ नौनीझै पग्लन्छ। मेरो नाङ्गो शरीर हेर्दा पनि अश्लील देखिँदैन, बरु कलात्मक कामुक देखिन्छ। म त आफ्नो शरीर हेरेर आफैं दङ्ग पर्छु। विशेषगरी मेरा आँखा सबैलाई मन पर्छन्।
अनि यति राम्रो शरीर, अहिलेसम्म चोखो ?
के गर्ने, जीवनमा केही कुरा त साँच्नै पर्‍यो नि।
कसका लागि ?
जसले मलाई साँच्चै माया गर्छ।
को हो त्यो भाग्यमानी ?
छ एक जना, जसलाई म विश्वास गर्न सक्छु।
कति वर्ष भयो ?
तीन वर्षजति भयो।
अहिलेको जमानामा तीन वर्षसम्म पनि यौन सम्पर्क नहुने प्रेम हुन्छ भन्ने कुरा पत्याउनै गाह्रो पर्छ, विशेषगरी विनिताजस्ती आकर्षक युवतीसँग, किन ढिला ?
हाम्रो प्रेम भर्खरै कोपिला लाग्न थालेको बोट हो। सुरुमै फक्रनु हुँदैन, नत्र चाँडै ओइलाउनुपर्छ।
यो त आदर्शको कुरा हो, यथार्थमा त मनले सबै बाँध भत्काइदिऊँ भन्छ, भन्दैन र ?
त्यो त भन्छ। हामी जुन समाजमा जन्मियौं, हुर्कियौं, त्यसले हाम्रो इच्छा, आकांक्षा दबाएको हुन्छ। तपाईंले भनेको कुरा ठीक हो, कहिलेकाहीं त ट्राफिक नियम मिचेर बीच सडकबाटै हिँडौं भन्ने लाग्छ। कति समाजको नियम-कानुन मानौं, बिन्दास बन्न मन लाग्छ। हामी सधैं तोला-तोलामा बाँच्छौं, सुनजस्तो। कति थोपा-थोपा गरेर बाँच्नु ? कहिले त बाढी भएर, हुरी भएर बाँच्न मन लाग्छ।
कहिलेकाहीं रक्सी खाएर मात्तिन मन लाग्छ ?
धेरै पटक। मैले बार टेन्डरको तालिम लिएकी छु। मलाई सबै किसिमको रक्सीको स्वाद थाहा छ। धेरै पटक तीन पेग पिएर लडेकी छु। यति हो, त्यसबेला अर्थोक गर्न मन लाग्दैन। मेरो मन मिल्ने मान्छे काठमाडौंबाट धेरै टाढा भएकाले पनि त्यो अवसर जुरेको छैन।
चुम्बनको अनुभव पनि छैन ?
त्यो त छ। प्रेममा चुम्बन पहिलो स्वीकृति हो। प्रेममा चुम्बन भनेको तिमी अघि बढ भनेर दिइएको ग्रिन सिग्नल हो। मैले त्यो सिग्नल दिइसके।
त्यसो भए अब बिनिता बिटुलो हुन धेरै दिन बाँकी छैन भन्ने बुझ्नुपर्‍यो, होइन ?
होइन, होइन, चुम्बन भनेको प्रेमको ग्रिन सिग्नल हो, सेक्सको होइन। विवाहपछि आफ्नो प्रेमीलाई कोसेली दिन बाँकी त केही राख्नै पर्‍यो नि।

ईकान्तिपुर डट कमबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग