Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नागरिकतामा आफै नाम सच्याउन खोज्ने प्रहरी खोरमा

Published on 2:48:00 PM //


रेडियो रेसुङ्गा
जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकताको अभिलेखमा नाम सच्याउन खोजेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा गुल्मी ठूलोलुम्पेक गाविस ६ स्थित ४२ वर्षीय रामवहादुर कामी रहेका छन् । उनले जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रतिलिपि फाँटमा रहेको नागरिकताको अभिलेख हेर्ने क्रममा कर्मचारी शौचालय गएको मौका छोपेर अभिलेखमा नाम सच्याएको वताईएको छ।
शुरुमा यम वहादुर कामि लेखेर प्रतिलिपिको सिफारिस सहित प्रशासन कार्यालयमा पुगेका उनले कार्यालयमा नागरिकताको अभिलेखमा रहेको उनको पुरानो नाम रामवहादुरको ठाउँमा यमवहादुर लेखेको प्रतिलीपि फाँटका कर्मचारी तुल्सीराम न्यौपानेले वताउनुभयो । नागरिकता सच्याउन खोज्ने व्यक्तिलाई प्रशासन कार्यालयले तत्कालै प्रहरी वोलाई पक्राउ गरेको थियो। पक्राउ पर्ने व्यक्तिको वारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलमीले जनाएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग