Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कब्जामा लिएका विद्युत पोल फिर्ता

Published on 7:31:00 PM //


नरेश भण्डारी
प्यूठानका माओवादी नेता कार्यकर्ताहरुले शनिवार कब्जामा लिएका अग्लुङ्ग गाविसको विद्युतीकरणका पोल विहिवार फिर्ता गरेका छन् ।
माओवादीका प्यूठान जिल्ला सदस्य मानबहादुर थापा र एरिया इन्चार्ज गोवर्धन थापा सहित आएका झण्डै ३ सय कार्यकर्ताहरुले शनिवार अग्लुङ्गका गाउँलेहरुलाई नै नियन्त्रणमा लिएर ३७ थान विद्युत पोल कब्जामा लिएका थिए । त्यस क्रममा भएको झडपमा चार प्रहरी सहित १ दर्जन बढी गाउँले घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालय प्यूठान र गुल्मीको पहलमा बुधवार प्यूठानमा भएको सर्वदलीय बैठकले विद्युतीकरणका पोल अग्लुङ्ग गाविसकै भएको निश्कर्ष निकालेपछि कब्जामा लिइएका काठका ३१ र फलामका ६ गरी ३७ पोल फिर्ता भएको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताए । विद्युतीकरणका लागि माग गर्न गुल्मीको अग्लुङ्ग र प्यूठानका रजवारा गाविसका सर्वसाधरणहरु संयुक्त डेलिगेनश गएको त्यसपछि पोल आएकाले प्यूठानको रजबारा गाविसले पनि दावी गरेकोले गाउ“ले बिच समस्या देखिएको भएपनि विद्युत प्राधिकरणले अग्लुङ्गको मात्र विद्युतीकरण कार्यक्रम भएको जानकारी गराएपछि पोल फिर्ता गरिएको प्रजिअ नेपालले बताए ।
अग्लुङ्ग गाविस विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष केशव चन्दका अनुसार डेलिगेशनसंगै गएको भएपनि अग्लुङ्ग गाविसका लागि मात्र काठका १ सय र फलामका ४० गरी १ सय ४० पोल पुर्व उर्जा मन्त्री गोकर्ण विष्टले पठाएका थिए । ‘पोल अग्लुङ्गको विद्युतीकरणका लागि मात्र हो भन्दा हामीले कुटाई खाईयो’, चन्दले भने, ‘ठुलो प्रयासपछि आज माओवादी कार्यकर्ता अफैले रजवारा गाविसको ढुवानी खर्चमा दुई ट्याक्टर पोल फिर्ता भएका छन् ।’
शनिवार पोल कब्जामा लिन आएको प्यूठानको रजवाराका माओवादीसंग भएको झडपमा प्यूठानकै पुजानिवासे इलाका प्रहरी कार्यालयका प्रहरी जवान खिमबहादुर के.सी. सहित चार प्रहरी र १ दर्जन बढी गाउँले घाइते भएका थिए । चन्दले अग्लुङ्ग–६ की ७० वर्षिया राधिका मल्ल, ४५ वर्षिया मनमाया विष्ट, ४० वर्षिया मिना चन्द, बिजय चन्द लगायत १ दर्जन गाउ“ले घाईते भएको र आफुले भागरै ज्यान जोगाएको केशबले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग