Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा लागेको आगो आज नियन्त्रणमा आएन, निभाउने प्रयास जारी

Published on 8:42:00 PM //


पि.एम.मगर
फाइल तस्बिर: तारा भुषाल 
गुल्मीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको साउने क्षेत्रमा अहिले आगलागी भईरहेको छ। विहान साढे १० वजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन।
हस्तीचौर र वडागाउँ गाविसको सिमानामा पर्ने ताराखसे भन्ने स्थानवाट लागेको आगोले अहिले ठुलो रुप लिएको छ। आगलागीवाट अहिलेसम्म ७ सय हेक्टर भन्दा वढी क्षेत्रफल सकिसकेको आगलागी नियन्त्रणका लागि दिनभर खटिनुभएका डढेलो नियन्त्रण सञ्जाल अर्खलेका अध्यक्ष थम्मन के.सी.ले जानकारी दिनुभएको छ।
नजिक पानीको मुहान नभएको र हावा चलिरहेका कारण आगो नियन्त्रणमा लिन नसकिने अवस्था रहेको उहाँले वताउनुभयो। अहिले आगो गौशाला तथा पराल्मी गाविस क्षेत्रतर्फ प्रवेश गर्न लागेको छ। आगो नियन्त्रणमा कालीदत्त गुल्म धागिथुम व्यारेकका जमदार सोववहादुर राना सहितको २९ जनाको सेनाको टोली, नेपाल प्रहरीको टोली, जिल्ला वन कार्यालयका फरेष्टर तेजप्रसाद गैरे, सल्लाको खोँटो सङ्कलन गरिरहेको दुर्गा रोजी एण्ड टर्पेन्टाइन कम्पनीका संयोजक रोशन उप्रेती, नवज्योति सामुदायिक वनका अध्यक्ष खगेन्द्र केसी सहितको स्थानीयवासीन्दाहरु दिनभर लागेका थिए।
आगलागीवाट वनमा रहेका साना विरुवाहरु, काठ दाउरा सवै जल्नुका साथै चराचुरुङ्गी तथा वन्यजन्तुलाई समस्या परेको छ। आज आगलागी नियन्त्रणमा आउने सम्भावना नरहेको आगलागीमा सहभागीहरुले वताएका छन्। आगलागी नियन्त्रणमा आउन नसके पछि नियन्त्रणमा खटिएका सवै जना वेलुकी फर्किएका छन्। आगो नियन्त्रणका लागि दिनभर प्रयास भएपनि आज सम्भव नभएको र भोली विहानै नेपाली सेना, नेपाल प्रहरी लगायत संवन्धित संघसंस्थाका व्याक्ति एवं स्थानीयवासीहरु सवै त्यसको नियन्त्रणमा लाग्ने जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले वताउनुभयो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग