Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भीषण आगलागी, नियन्त्रणमा कठिनाई

Published on 2:24:00 PM //


गुल्मीको बडागाउँ स्थित ताराखसे सामुदायीक बन, फुलबारी सामुदायीक बन र नवज्योती सामुदायीक बनमा भीषण आगलागी भएको छ । आज बिहान करिब साढे १० बजेतिरबाट ताराखसे सामुदायीक बनबाट शुरु भएको आगलागी फुलबारी सामुदायीक बन र नवज्योती सामुदायीक बनमा फैलिएको हो । नेपाली सेनाको टोली, जिल्ला बन कार्यालयका अधिकारिहरु र सर्वसाधारणहरुले आगो नियन्त्रण गर्ने प्रयास जारी राखे पनि चर्को घाम र हावाहुरिका कारण आगो नियन्त्रणमा कठिनाई भएको छ । आगो अहिले पराल्मी र गौशाला तर्फ फैलिरहेको जानकारी प्राप्त भएको छ । आगलागिबाट बिहीवार दिउँसो २ बजे सम्म करिब ४००-५०० हेक्टर जङ्गल र त्यसमा रहेका जिबजन्तु जलेर नष्ट भएका छन । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग