Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भान्सामै राखेको घ्यूमा कस्ले बिष मिसाइदियो?

Published on 7:00:00 PM //


रेडियो रेसुङ्गा
तपाँई घरमा कुनै खानैकुरा राख्नु हुन्छ निकै सुरक्षीत राख्नुहोला किनकि तपाईका शत्रुवर्गले त्यस खानेकुरामा कुनै विशालु पदार्थ राखिदिन सक्छन । यस्तै भएको छ गुल्मीको दर्लिङ्ग गा.वि.सको एक घरमा। शहरमा पढ्न बसेको छोरालाई पठाईदिन भनि स्टीलको जगमा राखीएको दुई माना घ्यूमा अपरिचित मानिसले विष मिसाई दिएको पुष्टी भएपछि दर्लिङ्ग– ८ कि टोपली पौड्याल यतीबेला चकित पर्नुभएको छ।
भान्छा कोठाको २÷३ वटा फल्याक फोरेर कसले विष मिसाईदियो थाहा हुन सकेको छैन। एक्कासी घ्यू कालो हुदै गएपछि टोपकलीले स्थानीय समाजसेवी एवम् स्वास्थ्यकर्मी गुहार्नुभएको थियो। त्यसपछि मात्र घ्यूमा कसैले विष मिसाईदिएको खुलासा भएको छ। केरामा लाग्ने गवारे किरा मार्नका लागी प्रयोग गरिने बिषालु पदार्थ घयूमा राखिएको पुष्टी भईसकेको दर्लिङ्गका अर्का सममाजसेवी चित्रबहादुर श्रीसले बतावउनुभयो। भान्सा घर फोरेर कसैले उक्त विष राखिदिएको र उक्त व्याक्तिको खोजी कार्य भईरहेको उहाँले वताउनुभयो। यस घटनाबाट दर्लिङ्गका अधिकाशं मानिसहरु सचेत हुदै हरेक खाध्य पदार्थ सुरक्षित राख्न थालेका छन।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग