Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गणित विषयमा गुल्मीमा ४, अर्घाखाँचीमा ४७ परीक्षार्थी निष्कासित

Published on 6:55:00 PM //


रेडियो रेसुङ्गा
एसएलसी प्रवेशिका परीक्षाको तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा गुल्मी जिल्लामा चार जना विद्यार्थी निष्कासित भएका छन्।
परीक्षा समयमा परीक्षाको मर्यादा भन्दा वाहिर रही कार्य गरेको भन्दै अर्जै उच्च माध्यमिक विद्यालय अर्जै केन्द्रवाट एक जना विद्यार्थी यस वर्षको एसएलसी परीक्षावाटै वाहिरिएका छन् भने जिवनोद्धार उच्च माध्यमिक विद्यालय पुर्तिघाट केन्द्रवाट ३ जना विद्यार्थीको आजको विषय रद्ध गरिएको जिल्ला शिक्षा कार्यालयका उपसचिव थानेश्वर घिमिरेले जानकारी दिनुभएको छ। अन्य स्थानमा भने मर्यादित रुपमा परीक्षा सम्पन्न भएको कार्यालयले वताएको छ।
चैत्र ७ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा जिल्लाका विभिन्न केन्द्रहरुवाट चार विद्यार्थी निष्काशित भएका थिए। एक जनालाई यस वर्षको परीक्षा नै रद्ध हुने गरी निष्काशन गरिएको थियो भने अन्य तीन जनाको एक विषय मात्र रद्ध गरिएको थियो। दोश्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा जिल्लामा एक जना विद्यार्थी निष्कासित भएका थिए। गत वर्षको तुलानामा यस वर्ष थप मर्यादित तथा व्यवस्थित भएको जिल्ला शिक्षा कार्यालयको दावी छ।
एसएलसी परीक्षामा मर्यादा विपरीत काम गरेको भन्दै अनिवार्य गणित विषयको परीक्षामा अर्घाखाँचीका विभिन्न १२ परीक्षा केन्द्रवाट ४७ जना विद्यार्थी निष्काशित भएका छन्। निष्काशित हुनेमा महेन्द्र विद्यावोध उच्च माविवाट २ जना, सुर्यथुम उच्च मावि मरेङ्गवाट ३ जना, सिद्धार्थ उच्च मावि हंसपुरवाट १ जना, सुर्य उच्च मावि गोखुङ्गावाट ५ जना, शान्ति उच्च मावि वाँगीवाट १२ जना, शारदा उच्च मावि ढिकुरावाट ६ जना, हरिहर संस्कृत तथा साधारण उच्च माविवाट २ जना रहेका छन्। यस्तै शिव मदन उच्च मावि सतिनेटावाट २ जना, भगवती उच्च मावि शँखेटारीवाट ३ जना, जनज्योति उच्च मावि चुत्रावेशीवाट १ जना, ज्योति उच्च मावि ठाडावाट ३ जना र सरस्वती मावि सितापुरवाट ७ जना गरी ४७ जना विद्यार्थी आजको अनिवार्य गणित विषयमा निष्काशित भएका हुन्।
यस वर्षको एसएलसी परीक्षावाट अँग्रेजी विषयमा तीन निरीक्षक सहित ५० जना विद्यार्थी, नेपाली विषयमा २ निरीक्षक सहित ४५ जना विद्यार्थी र आज गणित विषयमा ४७ विद्यार्थी गरी ५ जना निरीक्षक सहित १ सय ४२ जना विद्यार्थी अर्खाखाँचीका विभिन्न परीक्षा केन्द्रवाट निष्काशित भएका छन्। निष्काशित निरीक्षकमाथि आवश्यक अनुसन्धान गरी कसुरको आधारमा ग्रेड वढुवा रोक्का गरी विभागीय कारवाही गरिने जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीलाई उदृध गर्दै सहकर्मी विष्णुकुमार आलेले जानकारी दिनुभएको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग