Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिमचुलीको साधारण सभा सम्पन्न

Published on 9:36:00 PM //


पि.एम.मगर
हिमचुली महिला विकास संस्था जैसीथोक गाविस वार्ड नं. १–९ को छैठौँ  साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पुर्व संसद टंकप्रसाद पोखरेलले संस्थाले गाविसलाई महिला हिँसामुक्त, तासजुवा तथा मध्यपान रहित गाविस वनाउनतर्फ खेलिरहेको भुमिकाको प्रशंसा गर्दै अन्य क्षेत्रका महिलाहरुले पनि यसवाट राम्रो पाठ सिकेर शान्त र सभ्य समाज निर्माणतर्फ लाग्नुपर्नेमा जोड् दिनुभयो। उहाँले संस्थाको उक्त अभियानप्रती आफुले पनि हरेक तवरवाट सहयोग उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा सावित्रा भण्डारी, विमला खनाल, जमुना पोख्रेल, धनकला खनाल लगायतले वोल्दै यस संस्थालाई राजनीतिक दल, गाविस, संघ संस्था, समाजसेवी, वुद्धिजीवि लगायत सवै क्षेत्रवाट सहयोग भए साँच्चिकै ज्वलन्त उदहारण वन्नेमा विश्वास व्यक्त गरेका थिए। साधारण सभामा संस्थाको तर्फवाट कोषाध्यष कमला पोखरेलले संस्थाको आर्थिक सामाजिक, प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। २० ६७ सालमा स्थापना भई संस्थाले ८ वटा शाखा समिति विस्तार गर्नुका साथै हालसम्म ३ लाख रुपैयाँ वरावरको आर्थिक संकलन गरेको प्रतिवेदनमा उल्लेख छ।
साधारण सभामा गाविस सचिव डिल्लीराज आचार्य, पुर्व गाविस सचिव चिरञ्जीवि भण्डारी, हिमचुली महिला विकास संस्थाका सल्लाहकार मोतिलाल पोखरेल, कृष्ण थापा, विरेन्द्र कुवँर, टङ्क पोखरेल, रुद्र घिमिरे, धुर्कोट प्रहरी चौकी इन्चार्ज गोकुल गुरुङ्ग, हवल्दार पृथ्वी वुढा, रेडियो रेसुङ्गाका प्रतिनिधी अर्जुन भण्डारी लगायतको सहभागीता रहेको थियो। सोही अवसरमा अतिथिहरुलाई स्वरोजगारका लागि सीप मुलक मुढा वुनाई तालिममा सहभागीहरुले वनाएका मुढाहरु सम्झना स्वरुप प्रदान गरिएको थियो। संस्थाका अध्यक्ष तारा खनालको अध्यक्षता, निर्मला घिमिरेको स्वागत मन्तव्य एवं राधिका भण्डारीको सञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग