Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एच.आई.भी. र एड्स रोकथाम सम्वन्धी कार्याशाला गोष्ठी

Published on 9:38:00 PM //


पि.एम.मगर
राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल, गुल्मीको आयोजनामा एकीकृत एच.आई.भी. र एड्स रोकथाम तथा सहयोग र हेरचाह कार्यक्रम सम्वन्धी समन्वय तथा सहकार्य वैठक आज सम्पन्न भएको छ।
वैठकमा एच.आई.भी. र एड्स रोकथाम तथा सहयोग र हेरचाह संवन्धी जिल्लामा संस्थाले गरिरहेको गतिविधीका विषयमा जानकारी गराउँदै जिल्लाका सरोकारवालाहरुसँग छलफल गरेको छ।
साथै सोही वैठकद्धारा संक्रमितहरुको अधिकार सशक्तिकरण तथा समुदायमा स्वीकार्यता अभिवृद्धि गर्ने उद्धेष्यले रेडियो सन्देशहरु निर्माण तथा प्रशारण गर्ने संस्थाले जनाएको छ। गुल्मी जिल्लाका उच्च जोखिममा रहेका समुहलाई एच.आई.भि.र एड्स सम्बन्धि व्यापक एवं एकिकृत सेवाहरु दु्रत रुपमा प्रदान गर्ने, एच. आई. भि. संक्रमणवाट वचाउन सहज परामर्श, परिक्षण र यौन रोगको पहिचान र निदानमा सवैको सहज पहुच बढाउने, एच.आई.भि. सक्रमित एवं प्रभावितका लागि गुणस्तरीय रोकथाम, उपचार, सहयोग र हेरचाहमा विकेन्द्रीकृत स्वास्थ्य सेवामार्फत पहुँच बृद्धि गर्ने र यसका लागि दु्रत तथा दिगो स्वास्थ्य एवं सामुदायिक व्यवस्था निमार्ण एवं सुदृढ गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै गईरहेको संस्थाका अध्यक्ष रेशम कुवँरले जानकारी गराउनुभयो। नार्डेकले विगत २०५५ सालदेखि नेपालका गुल्मी लगाएत अन्य जिल्लामा विभिन्न सामाजिक सेवा, आयआर्जन, स्वास्थ्य तथा एच.आई.भि. र एड्स सम्वन्धि कार्यक्रम गर्दै आएको उहाँले वताउनुभयो।
संस्थाले सातौ चरण अन्तरगतको कार्यक्रम २००९ फेब्रुअरी १ देखि १५ नोभेम्बर २०११ सम्म सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा गुल्मी जिल्लाका ४० गा.वि.स.मा प्रवासी र तिनका परिवारहरु लाई लक्षित गरि एच.आई.भि. र एड्स सम्वन्धि कार्यक्रम संम्पन्न गरीसकेको र दशौ चरण अन्तर्गत १५ नोभेम्बर २०११ देखि यस जिल्लाका ४० वटा गाविसमा सोही लक्षित वर्गमा कार्यक्रम संचालन गरीरहेको संस्थाका कार्यक्रम संयोजक रामवहादुर कुवँरले वताउनुभयो। कार्यक्रममा भौगोलिक रुपले पाएक पर्ने गरि जोहाङ्गको खैरेनीमा १ एकिकृत स्वास्थ्य केन्द्र, र तमघासमा १ स्वच्छिक परामर्श तथा परिक्षण केन्द्रमार्फत प्रवासी र उनका परिवारलाई एच.आइ.भि. र एड्स सम्वन्धि परामर्स तथा पोषण, हेरचाह तथा सहयोग संवन्धी कार्यक्रम सञ्चालन गरिरहेको उहाँले वताउनुभयो।
वैठकमा जिल्लामा एचआईभी एड्स संवन्धी वर्तमान अवस्थावारे जिल्ला एड्स समन्वय समितिका संयोजक प्रतिक खनालले प्रकाश पार्नुभएको थियो भने सहजीकरण कार्यक्रम सुपरभाईजर धनीश्वर महतले गर्नुभएको थियो। वैठकमा सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत विनोद मरासिनी, एकीकृत नेकपा माओवादीका तेजेन्द्र सलामी, एमालकी ललिता गौतम, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जिवन राना, जिल्ला स्वास्थ्य कार्यालयका ललिता के.सी, निमित्त महिला तथा वालवालिका विकास कार्यालय प्रमुख सीता पोखरेल, गैर सरकारी  संस्था महासंघ गुल्मीका उपाध्यक्ष युवराज के.सी. लगायत विभिन्न कार्यलयका प्रमुख एवं प्रतिनिधी तथा पत्रकारहरुको समेत सहभागीता रहेको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग