Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै बारीको मुला र आलु खाँदा मृत्यु

Published on 3:50:00 PM //


गुल्मीको कुर्घा गाविसमा तरकारी खाएपछि एक महिलाको मृत्यु भएको छ। कुर्घा-४ निवासी वर्ष ५५ की धनकला विकले आफ्नै बारीको मुला र आलुको तरकारी खाएपछि उनको ज्यान गएको हो। खेतमा किटनाशक औषधि राखेको लामो समय भइसक्दा पनि पानी नआएकोले औषधिको तत्व रहिरहेकाले तरकारी खाएपछि विकका आमा र छोरी सिकिस्त बिरामी परेका हुनसक्ने स्थानीयले शङ्का गरेका छन्।

तरकारीमा विषादी तत्व लामो समयसम्म समाप्त भएको सम्झी उनीहरूले तरकारी खाएको तर लामो समयसम्म विषादीको तत्वहरू रहिरहेकाले आमा र छोरीको अवस्था गम्भीर भएकाले स्थानीय मेडिकल हलमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लैजाने क्रममा बाटैमा आमाको मृत्यु भएको स्थानीय प्रकाश थापाले जानकारी दिनुभएको छ। परिवारमा आमा र छोरी मात्रै भएकोले आमा र छोरी दुवै तरकारी खाएपछि बिरामी परेको स्थानीयवासीहरूले अर्को दिन मात्र थाहा पाएका थिए।

थाहा पाउने बित्तिकै दुवैजना बिरामी परेको देखी मेडिकल हलमा लगी उपचार गर्ने क्रममा उनीहरूले विषादी खाएको शङ्का गरी स्वास्थ्य कार्यकर्ताले सोधपुछ गर्दा खेतबाट विषाक्त मुला र तरकारी लिई पकाई खाएको पत्ता लागेपछि स्वास्थ्यकर्मीहरूले उपचारमा सहयोग गरेका थिए।

उपचार पनि समयमा नहुँदा आमाको मृत्यु भएको हो। हाल छोरी मञ्जु विकको स्थानीय मेडिकल हलमै उपचार गरिरहेको छ र उनको अवस्था सामान्य रहेको थापाले बताउनुभएको छ भने आमा गम्भीर भएकोले समयमा उपचार हुन नसक्दा बाटोमा नै मृत्यु भएको उनका आफन्तहरूले बताउनुभएको छ।
गोरखापत्र दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग