Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला दिवसमा गैँटी खन्दै अर्खबाङका महिला (फोटोहरु)

Published on 3:35:00 PM //


तेजेन्द्र थापा
विश्व महिला दिवसको अवसर पारेर विश्व भरका महिलाहरुले महिला हकहितका कुरा गर्दै, भाषण, सेमिनार, गोष्ठी गर्दै बडो हर्सोल्लासका साथ मनाउँदै गर्दा गुल्मी अर्खबांगका महिलाहरु भने दैनिक गुजाराको लागि गैँटी खन्दै र ढुंगा बोक्दै छन् । महिला दिवस कहिले पर्छ ? महिला दिवस के हो ? के हुन् महिला हकहितका कुरा यी महिलालाई  के थाहा ? कस्ले सिकाउने, कसले बुझाउने यिनिहरुलई महिला हकहितका कुरा? यसरी काम नगर्ने हो भने बिहान बेलुका चुल्होमा आगो बल्दैन । यो त सानो उदाहरण मात्र हो । यस दिन यसरी मजदुरी गर्ने महिलाको संख्या विश्वमा करोडौ छ । यो दिवस हुने खाने र धनिहरुको मात्र हुन् पुगेको देखिन्छ । यी गरिब बर्गका महिलालाई सम्पन्न बनाउन कसरि सकिन्छ ? यिनीहरुको हातबाट गैँटी र थाप्लोबाट नाम्लो कसरि हटाउन सकिन्छ भन्ने बहस र छलफल चलाई यो दिवस मनाए यो महिला दिवसले सार्थकता पाउने थियो कि ?




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग