Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युएईमा ऐक्यबद्धता पत्रिकाको संयोजक टिमको स्थापना

Published on 10:41:00 PM //

लालबहादुर ढेंगा, युएई
विश्वको ६८ देशहरुमा आफ्नो वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको ढुकढुकी बनेको नेपाली विशुद्ध समाचार पत्रिका ऐक्यबद्धतालाई युएईमा कार्यरत रहेका हरेक नेपालीहरुको हातमा पु¥याउने र बजार व्यावस्थापनलाई अझै सक्रिएता तुल्याउने हेतुले लालबहादुर ढेंगाको संयोजत्कमा ४ जना प्रतिनिधहरु रहने गरी एउटा युएई ऐक्यबद्धता टिमको स्थापना गरेको छ । गत ६ मार्च २०१२ का दिन दुबईको रवि रेष्टुरेण्टमा बसेको बैठकले ५ जना प्रतिनिधिहरु रहने गरी युएई ऐक्यबद्धता टिमको स्थापना गरेको छ । जसमा क्रमशः संयोजकमा लालबहादुर ढेंगा, प्रतिनिधिहरुमा मानबहादुर थापा, बविता रास्कोटी मगर, भुपुराज बस्याल र गीतामणि पाण्डे रहेका छन् ।
नेपालबाट प्रकाशित हुने ऐक्यबद्धता पत्रिका विश्वमा छरिएर रहेका हरेक नेपालीहरुले पढ्ने पहिलो समाचार पत्रिका हो । विदेशमा रहेका प्रवासी नपालीहरुको हरेक घटना, विचार र गतिविधिहरुलाई समेट्दै एकआपसमा सूचनाहरुको आदानप्रदान गर्दै अब युएईमा अवस्थित लगभग २ लाख ५० हजार नेपालीहरुले पनि निरन्तरताका साथ हरेक महिनामा पढ्न पाउने छन् ।
विदेशमा रहेका नेपालीहरुको मांझमा पत्रिकालाई सहज र सरल ढंगबाट उपलब्ध गराउनमा ऐक्यबद्धता पत्रिकाकी बजार व्यावस्थापन चन्दा थापाको पनि ठूलो भूमिका रहेको छ । आगामी दिनहरुमा युएईबाट यस पत्रिकाको लागि राम्रो समन्वमय हुने आशा गरिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग