Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको शिर उँचो पार्ने खेलाडिहरु सम्मानित

Published on 8:29:00 PM //


पि.एम.मगर
क्षेत्रीय एवं छैठौँ राष्ट्रिय खेलकुद प्रतियागितामा विभिन्न विद्यामा रजत र स्वर्ण पदक प्राप्त गरेर गुल्मी जिल्लाको शिर उचो पार्न सफल खेलाडीलाई आज एक कार्यक्रमका विच सम्मान गरिएको छ। आई.टी.एफ. तेक्वान्दोतर्फ ६० केजी तौल समुहमा छैठौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता गुल्मी गौडाकोट घर भई तम्घास स्थित सिद्धवावा उच्च माध्यमिक विद्यालयकी कक्षा ९ की छात्रा सिमा खासु लगायतका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति गुल्मी र तम्घास लाँकुरी मञ्च स्थित न्यू मैत्री रेष्टुरेण्टले नगद, ट्रफी, प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरेको हो। जिल्लाको गौरव वढाउन सफल सिमा खासु लगायतका खेलाडीहरुलाई रेष्टुरेण्टका सञ्चालक अर्जुन पाण्डेले नगद रकम प्रदान गर्नुभएको थियो। जिल्लाको गौरव वढाउदा पनि जिल्लाका कार्यालय तथा संघ संस्था कसैले पनि उनीहरुलाई सम्मान गर्ने चेष्ठा नगरेको भन्दै आफुले सम्मान कार्यक्रमको आयोजना गरेको पाण्डेले वताउनुभयो।
सम्मानित हुनेहरुमा क्षेत्रीय प्रतियोगितामा डव्लु.टी.एफ. तेक्वान्दोतर्फ ६३ केजी तौल समुहमा राष्ट्रिय खेलकुदमा कास्य पदक प्राप्त गर्ने रेसुङ्गा वहुमुखी क्याम्पसकी छात्रा ज्ञानु गेलाङ्ग लगायत क्षेत्रीय प्रतियोगितामा विभिन्न विद्याका खेलाडीहरु लगायत छन्। त्यस्तै क्षेत्रीय प्रतियोगितावाट स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेहरुमा सिद्धवावा उच्च माविकी अनुजा वुढाथोकी, इन्दु के.सी., श्रेया थापा, कपर्दीतर्फ कास्य पदक प्राप्त गर्नेहरुमा सिद्धवावा कै छात्राहरु धनमाया राकसकोटी, वर्षा वुढाथोकी, विन्दु राना, सपना सारु, खगीसरा काला मगर, ओमकला श्रीस, सावित्रा गौतम, वसुन्धरा शर्मा, यमुना श्रीस र कविता थापा रहेका छन् ।
कपर्दी खेल प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षेत्रवाट १२ जना खेलाडीहरु मध्ये गुल्मीवाट ४ जना खेलाडी मात्र छनौट भई राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए।
त्यसै गरी गत वर्षवाट मात्रै शुरु भएको आई.टी.एफ. तेक्वान्दो खेल यति छोटो समयमै राष्ट्रिय प्रतियोगितावाट स्वर्ण पदक दिलाउनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सो खेलका राष्ट्रिय प्रशिक्षक नवराज खरेल त्यस्तै डव्लु.टी.एफ. तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक दिपक के.सी., सितोरियो कराँतेका राष्ट्रिय प्रशिक्षक उमेश थापा र वक्सिङ्ग खेलका राष्ट्रिय प्रशिक्षक रेतेन्द्र वस्नेतलाई पनि सम्मान गरिएको छ। सम्मान कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल र जिल्ला खेलकूद विकास समिति गुल्मीका अध्यक्ष गोविन्द विकले विजयी खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्नुभएको थियो।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि अर्यालले जिल्लाको गौरव वढाएकोमा खेलाडीहरुलाई धन्यवाद दिँदै खेलकुद विकासको क्षेत्रमा थप दत्तचित्त भएर लाग्न खेलाडीहरुलाई प्रत्साहित गर्नुभएको थियो। त्यस्तै खेलकुद विकास समितिका अध्यक्ष गोविन्द विश्वकर्माले राजनीतिक पुर्वाग्रहमा खेलकुद क्षेत्रलाई हेर्न नहुने भन्दै यसको विकासमा साझा रुपमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो। कार्यक्रममा एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य चित्रवहादुर के.सी., नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपाली, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, प्रशिक्षक नवराज खरेल, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डे, तमघास नगर विकास समितिका अध्यक्ष गिरीराज पाण्डे, पत्रकार गगनशिला खड्का लगायतले वधाई मन्तव्य राख्नुभएको थियो। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका कार्यालय सचिव एवं प्रशिक्षक उमेश थापाको स्वागत मन्तव्य र उपाध्यक्ष कृष्ण भण्डारीको सञ्चालन रहेको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग