Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुशासनको वैठक सकियो

Published on 9:13:00 PM //


पि.एम.मगर
जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भएपछि सुशासन अभियान गुल्मीको पहिलो वैठक आज सदरमुकाम तमघासमा वसेको छ। वैठकले संस्थाको जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई संस्थाको गतिविधीलाई अगाडी वढाईरहेको र संस्थालाई ट्रान्सफरेन्सी इन्टरनेश्नल नेपालमा आवद्धताका लागि प्रकृया अगाडी वढाउने निर्णय गरेको छ। त्यस्तै जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्था, जिल्लाका सम्पुर्ण राजनीतिक दल लगायतलाई संस्थाको काम कर्तव्यको वारेमा जानकारी गराउने तथा पत्रचार गर्ने निर्णय गरेको छ। गुल्मी उद्योग वाणिज्य संघको कार्यालयमा वसेको अभियानको वैठकमा अर्को व्यवस्था नहुँदासम्म संस्थाको वोर्ड राखी कार्य सञ्चालन गर्न गुल्मी उद्योग वाणिज्य संघसँग अनुरोध गर्ने निर्णय समेत गरेको छ। वैठक संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा वसेको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग