Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमतीको धुलाइबाट श्रीमानको मृत्यु

Published on 8:55:00 PM //


तुलसीपुर नगरपालिका-७ दाङबाङमा श्रीमान्श्री-मतीबीच विवाद हुँदा  श्रीमतीको कुटाइबाट गएराति  श्रीमान्को मृत्यु भएको छ । श्रीमती सुन्तली रेउलेले आफ्नै श्रीमान् ४८ वर्षीय जितबहादुरलाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक मदन थापाले बताउनुभयो ।
शव परीक्षण गर्न  राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याउनका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली बिहानै दाङबाङ हिँडे पनि पहाडी कच्चीबाटो भएको हुँदा घटनास्थलमा अझै पुग्न सकेको छैन ।
नेपाल ब्रिटेन डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग