Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा मित्रतापूर्ण होली

Published on 6:38:00 PM //


भरत पाण्डेय
रंगहरुको पर्व होलीलाई गुल्मीमा मित्रता र भाईचारापूर्ण तरीकाले मनाईएको छ । होली पर्वको अवशरमा एकआपसमा मित्रता साटासाट गर्दै गुल्मीका सरकारी तथा गैह्र सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी एवं व्यापारी , संचारकर्मी र सर्वसाधारणहरुले सौहार्द्रपूर्ण वातावरणमा मनाएका छन् । कर्मचारी मिलन केन्द्र गुल्मीले आयोजना गरेको होली विशेष कार्यक्रममा रंग र अविर खेल्दै नाचगानका साथ वजार परिक्रमा गरि रमाईलो गरिएको थियो ।
माननीय जिल्ला न्यायधिस कृष्णराम कोईरालाले प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाललाई अविर लगाई कार्यक्रमको शुरुवात गर्नु भएको थियो । होली पर्वको नाममा विकृति तथा विसंगति सृजना हुन नदिनका लागि सौहाद्रपूर्ण वातावरणको माध्यमवाट पनि होली खेल्ल सकिन्छ भन्ने सन्देश प्रवाह गर्नकालागि कर्मचारी मिलन केन्द्र गुल्मीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग