Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनेरास्वीयु क्षेत्र नम्बर ३ गुल्मीको बैठक सम्पन्न

Published on 6:27:00 PM //


मनोज बस्नेत
अर्जैको पोखराबारीमा अधिवेशन सम्पन्न गरेपछीको अनेरास्वीयु क्षेत्र नम्बर ३ गुल्मीको पहिलो बैठक आज मरभुङ सिमलटारीमा सम्पन्न भएको छ । क्षेत्रीय अध्यक्ष भिम पौडेलको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । प्रत्येक २-२ महिनामा क्षेत्रीय कमिटिको बैठक उपयुक्त स्थानमा आवहन गर्ने, गठन नभएका बिद्यालयहरुमा अनेरास्वीयुको प्रारम्भिक कमिटि गठन गर्ने, प्रत्येक सदस्यबाट मासिक ३० रुपैयाँ सकंलन गर्ने निर्णय बैठकले गरेको छ । पहिलो बैठक सिमटारीमा गरीएपनि दोस्रो बैठक भने अम्मरपुर गाविसको बुल्मचौरमा गर्ने निर्णय भएको अनेरास्वीयुका क्षेत्रीय कोषाध्यक्ष देविराम गिरीले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग