Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जथाभावी रङ्ग र लोला हान्नेलाई कारवाही गरिने

Published on 9:43:00 PM //


पि.एम.मगर
सम्मेलनमा सहभागी प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल सहितका सहभागी
पत्रकार र सरोकारवालाहरु । तस्वीर: गगनशिला खड्का
भाईचारको संवन्ध स्थापित गर्ने पर्वको रुपमा चिनिने होली पर्व एक आपसमा मिलेर सौहाद्रपुर्ण वातावरणमा मनाउन प्रहरीले आग्रह गरेको छ। नजिकिँदै गरेको फागु पुर्णिमा अर्थात होलीको पुर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालय गुल्मीले सोमवार पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेको हो। हेलीमा मानव स्वास्थ्यमा नकरात्मक असर पार्ने मोविल, कुहिएको अण्डा, ग्रिस तथा लोला नहान्न सवैलाई आग्रह गरेको छ। सम्मेलनमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले सैहाद्रपुर्ण वातावरणमा होली पर्व मनाउन सवैलाई आग्रह गर्नुभयो।
सम्मेलनमा प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले होलीमा लडाई झगडा वढि हुने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिने जानकारी दिनुभयो। स्थानीय प्रशासनले गरेका हरेक क्रियाकलापमा सञ्चार माध्याम सहयोगी वनेको भन्दै वैदवारले कसैले अनुमति विना लोला हानेमा प्रहरीको पैसा नलाग्ने फोन नम्वर १०० मा जानकारी दिन आग्रह गर्नुभयो। हेली पर्वको नाममा अनैतिक ढङ्गका कृयाकलाप गर्ने व्याक्तिलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले वताएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग