Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किसानहरु व्यवसायीक वेसार खेतीतर्फ आकर्षित

Published on 9:40:00 PM //


पि.एम.मगर
गुल्मीको भुर्तुङ्ग गाविस वार्ड नं. १, २, ४ र ६ नम्वर वार्डका कृषकहरु वेसार खेतीतर्फ थप आकर्षित वनेका छन्। गत वर्ष कृषि सेवा केन्द्रवाट उपलव्ध गराईएको वेसारवाट व्यवसायीक रुपमा वेसार खेती शुरु गरेका कृषकहरुले एक वर्ष भित्रै राम्रो उत्पादन लिएपछि अन्य वार्डका कृषकहरु समेत वेसार खेतीतर्फ थप आकर्षित वनेका छन्। जिल्ला कृषि विकास कार्यालयको प्राविधीक सहयोग र गाविसको आर्थिक लगानीमा गत वर्ष कृषि सेवा केन्द्रवाट वेसार उपलव्ध गराईएको थियो। सोही गाविसको फोक्सिङ्गमा तीन जना कृषकले १५ क्वीन्टल वेसार लगाउन शुरु गरेको कृषी सेवा केन्द्र फोक्सिङ्गका प्रमुख तारा चपाइले जानकारी दिनुभयो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग