Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नमुना आलुको विउ रोप्ने कार्य शुरु

Published on 1:36:00 PM //


रेडियो रेसुङ्गा
वर्षे आलु उत्पादनका लागि प्रसिद्ध ठाउँ गुल्मीका अर्खवाङ्गमा आजदेखि आधुनिक आलुको विउ रोप्ने कार्य शुरु गरिएको छ। परम्परागत आलु भन्दा वढी फल्ने एन.पि.आई. ७ सय १६ जातको उत्पादनशील उक्त आलुको नमुना विउ रोप्ने कार्य अर्खवाङ्ग ८ का कृषक रामवहादुर घर्तिको वारीवाट शुरु गरिएको छ। घर्तिको वारीमा आज कृषी सेवा केन्द्र चौरासीका प्रमुख विरवल चौधरीले उक्त नमुना विउ रोप्दै त्यहाँका कृषकहरुलाई त्यस विउको महत्वका वारे प्रकास पार्नुभएको थियो। जिल्लाको क्षेत्र नं. १ को भार्से र लिम्घा, क्षेत्र नं. २ को तमघास र क्षेत्र नं. ३ को अर्खवाङ्गमा यस वर्षदेखि जिल्ला कृषि विकास कार्यालय गुल्मीले उक्त जातको आलुको नमुना विउ रोप्ने कार्य शुरु गरेको छ। निस्ती मदाने वहुउद्धेष्यीय कृषक समुह अर्खवाङ्गको आयोजनामा सुरु गरिएको नमुना विउ रोपण कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिँदै लैजाने सो संस्थाका अध्यक्ष रोमनाथ भट्टराईले जानकारी दिनुभयो। अर्खवाङ्ग गाविस आलु उत्पादनमा यस्तो अचम्मको गाविस हो जहाँ सय वर्ष अघि रोपिएको आलु वर्षेनी आफै फल्ने गर्दछ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग