Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामी टक्सारमा आज एकल महिलाहरुको समुहको गठन

Published on 9:14:00 PM //


पि.एम.मगर
गुल्मी जिल्लाको वामी टक्सारमा आज एकल महिलाहरुको समुहको गठन गरिएको छ। समाजमा एकल महिला हरु प्रतिगरिने नकारात्मक व्यावहार र धारणको अन्त्य तथा एकल महिलाहरुको शसक्तिकरणको लागी मैना खरालको अध्यक्षतामा १७ सदस्यिय एकल महिला समुहको गठन गरिएको हो। समितिको उपाध्यक्षमा पार्वती खराल, सचिवमा पम्फा राना, कोषाध्यक्षमा माया खराल रहनु भएको छ। कार्यक्रममा प्रमुख अतिथि एकल महिला समुह जिल्ला उपाध्यक्ष कल्पना घिमिरे, एकिकृत ने।क।पा। माओवादी वामीका वसन्त कार्की, नेपाली काग्रेस वामीका सचिव डिलाराम खरेल, रविलाल खराल लगाएतको सहभागीता रहेको थियो। कार्यक्रम भगबती देवी कक्षपतिको अध्यक्षता तथा पशुपति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग