Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भेडावाख्रा मरे जस्तै ठान्ने प्रवृतिवाट माथि उठ्नुपर्नेमा जोड

Published on 9:39:00 PM //


पि.एम.मगर
२००७ साल यता देशको परिवर्तनका लागि लडेका देशका सहिदहरुको सम्मान गर्नुपर्नेमा आज एक कार्यक्रमका वक्ताहरुले जोड् दिएका छन्। आफ्नो राजनीतिक दलको कार्यकर्तालाई मात्र सहिद ठान्ने र अन्य दलको कार्यकर्तालाई भेडावाख्रा मरे जस्तै ठान्ने प्रवृतिवाट माथि उठ्दै हरेक राजनीतिक दलले देश र परिवर्तनका लागि लड्ने सवै सहिदहरुलाई समान रुपले हेर्नुपर्नेमा जोड् समेत दिइएको छ।
सहिद प्रतिष्ठान नेपाल गुल्मी शाखाद्धारा सदरमुकाम तमघासमा आज आयोजित सहिदका सपना वर्तमान परिस्थिति विषयक अन्तरकृया कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन। कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तेजप्रसाद कण्डेलले सहिदका सपनाहरु पुरा गर्न दलहरु विच सहमति, सहकार्यको खाँचो आवश्यकता औल्याउनुभयो। २००७ सालदेखि १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा जिवनको आहुति दिने हरेक नेपालीलाई सहिदको रुपमा सम्मान र राज्यवाट उचित क्षतिपुर्ति दिलाउनेतर्फ दलहरुविच मत भिन्नता हुन नहुनेमा उहाँको जोड थियो।
कार्यक्रममा सो पार्टीका अर्का केन्द्रीय सदस्य दिनेश पन्थी, सोही पार्टीका गुल्मी जिल्ला इन्चार्ज श्यामवहादुर वोहोरा , सहइन्चार्ज निमवहादुर पाण्डे, नेपाली काँग्रेसका क्षेत्रीय सचिव खिलध्वज पन्थी, नेकपा एमालेका जिल्ला पार्टी प्रचार विभाग प्रमुख शेषकान्त गौतम लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, नेपाल रेडक्रस सर्कल सोसाईटी गुल्मीका अध्यक्ष अनुपकुमार श्रेष्ठ, काहु राष्ट्र गुल्मीका अध्यक्ष एवं प्रध्यापक पदमप्रसाद पाण्डे, नेपाल राष्ट्रिय उद्योग व्यापार संघ गुल्मीका अध्यक्ष दुर्गाचन्द्र वोहोरा, नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णु सापकोटा, महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीकी अध्यक्ष सिता भुसाल लगायतको आतिथ्यता रहेको थियो ।
सहिदहरुको सम्मान गरौँ, नयाँ नेपालको सुनिश्चितता गरौँ भन्ने मुल नाराका साथ आयो जित सहिद सप्ताह कार्यक्रम अन्तर्गतको उक्त अन्तरकृया कार्यक्रमको अध्यक्षता सहिद प्रतिष्ठान ने पाल गुल्मीका सदस्य एवं सहिद परिवार गुल्मीका अध्यक्ष घनश्याम पराजुलीको रहेको थियो। कार्यक्रममा पुर्व विद्यायिका उमा घिमिरेको स्वागत मन्तव्य र प्रतिष्ठानका सदस्य वुद्धि जिसीद्धारा कार्यपत्र प्रस्तुत गरिएको थियो भने सञ्चालन भुपाल पोखरेलले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग