Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वर्ण महोत्सव सकियो

Published on 9:38:00 PM //


पि.एम.मगर
पेँगा निम्न माध्यमिक विद्यालय वडागाउँ पेँगा गुल्मीको स्वर्ण महोत्सव कार्यक्रम आज सम्पन्न भएको छ। समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले ग्रामिण क्षेत्रमा विद्यालयले पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा थप क्रियाशिल भएर शिक्षा क्षेत्रलाई अगाडी वढाउन आग्रह गर्नुभएको थियो। उहाँले शैक्षिक विकासलाई प्रभावकारी रुपमा अगाडी वढाउन विद्यालयले मात्र नभई अभिभावकहरुले पनि महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विशेष अतिथि जिल्ला शिक्षा कार्यालयका उपसचिव थाने श्वर घिमिरे, विद्यालय निरीक्षक हिरालाल श्रेष्ठ, वामी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दानवहादुर थापा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
आज समापनको दिन चन्दादाता तथा कलाकारहरुलाई सम्मान, वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी एवं शिक्षकहरुलाई सम्मान लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन्। सोही अवसरमा कलाकारद्धारा साँस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरिएको थियो। स्वर्ण महोत्सवको अवसरमा चन्दादताहरुवाट कुल १७ लाख १५ हजार ४ सय ३४ रुपैयाँ रकम संकलन भएको विद्यालय श्रोतले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार ओमवहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थी तथा स्वर्ण महोत्सव मुल समितिका सदस्य भरत अधिकारीको स्वागत मन्तव्य र शिक्षक सागर खनालको सञ्चालन रहेको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग